भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

रोल्पामा भएको अटोरिक्सा दुर्घटनामा एकको मृत्यु तीन घाइते

रोल्पामा भएको अटोरिक्सा दुर्घटनामा एकको मृत्यु तीन घाइते

रोल्पा । रोल्पा नगरपालिका–२ सिमलवाङमा भएको अटोरिक्सा दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । सदरमुकाम लिवाङवाट माडीचौरतर्फ जाँदै गरेको रा१ ह ४३४७ नम्बरको सो अटोरिक्सा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी अटो चालक रोल्पा–२ का २९ वर्षीय महेश कँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

घाइते रोल्पा–७ माडीचौरका ५३ वर्षीय दलबहादुर पुनको बायाँ हात र निधारमा चोट लागेको छ । यसैगरी सोही ठाउँ बस्ने ५२ वर्षीय जानसिंह पुनको टाउको र मुखमा चोट लागेको छ । सोही ठाउँ बस्ने ४७ वर्षीय सहवीर खत्रीको दाहिने आँखामाथि चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि रोल्पा अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.