असार २०७७ काठमाडाैं । कोरोना महामारीले अर्थतन्त्र थनथिलो पर्नुका साथै सर्वसाधारण नागरिक यतिबेला समस्यामा परेका छन् । लामो समयको लकडाउन र दैनिक ज्यालादारी गर्दै साँझ विहानकाे हातमुुख जोड्नु पर्ने वर्ग सबैभन्दा बढि समस्यामा परेका छन् ।
नेपालमा एकल महिला, दलित समुदाय, दिनभरी ज्याला मजदुरी गरिखाने समुदाय अति मर्कामा परेकाे हाे । के खाने ? समस्याले पिरोलीरहेको छ । कसरी परिवारकाे पेटपाल्ने चुनाैतीकाे चाैघेरामा छ । न काम न माम जता ततै समस्या नै समस्या । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण देशमा लकडाउन गरियो ।
राहत वितरण पनि गरियो तर ती समुदायले राहत पाउन सकेनन् । यदि पाइहाले पनि पहुुँचको भरमा पाए । विडम्वना लकडाउनकाे प्रत्यक्ष असर सबै भन्दा बढी त्यहि समुदायलाई पर्न गयाे । काेठा भाडामा बस्ने विद्यार्थी र दैनिक गुजारा गर्ने मनिसहरुको समस्या त झन कति छ कति ?
साझँ विहानको जोहो गर्न निकै गाह्रो परेको कुरालाई ध्यानमा राखेर एड्वानले गोरखा र भरतपुर महानगरपालिकाका केही ठाँउमा राहत वितरण गरेकाे छ । एकल महिला, दलित र विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हाे । जाे लामाे समय हातमुख जाेड्न देखि पिराेली रहेका थिए । उनीहरूकाे पहिचान गरी वितरण गरेकाे हाे ।
सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आएको नेपाल दलित महिला उत्थान संघले कोरोनाको कारण अप्ठ्यारोमा परेका एकल महिला र अति विपन्न परिवारलाई करूना ट्रस्ट र फ्यानको सहयोगमा उनीहरुलाई राहत वितरण गरिएको संघका संस्थापक अध्यक्ष डा. विष्णुमाया परियारले बताइन् ।
हेर्नुहोस् …
उक्त राहत वितरणका लागि स्थानीय सरकारका पदाधिकारी र सस्थाका वोर्ड सदस्यले ती विपन्न परिवारलाई छनोट गर्न मद्दत गरेका थिए । पहिचान पछि भरतपुर महानगरपालिका वडा नं १६, १७ र १८ का विपन्न परिवारलाई राहत वितरण गरियाे ।
त्यस्तै गोरखाका विभिन्न ठाउँमा ज्याला मजदुरी गरी खाने विपन्न, दलित, गैरदलित र एकल महिला पहिचान गरी १ हजार ४४ घर परिवारलाई राहत स्वरुप खाद्य दाल, चामल, नुन तेल लगायतका सामाग्री वितरण गरिएको संघका महासचिव विन्दु परियारले बताइन् । राहत पाउने ८२ वर्षिया एक महिलाले त ११ दिन पछि बल्ल पेटभरी खान पाइने भयाे भन्दा राहत वितरणमा सहभागि खुसी मात्रै भएनन् गहभरी आँशु सहित भावुक बनेका थिए ।
लकडाउनमा खानकाे मात्रै समस्या भएकाे छैन । काेराेना परिक्षणको दर र दायरा सरकारले नबढाउदा सबै भन्दा बढि यहि समुदाय समस्यामा पर्ने देखिएकाे छ । कहिलेसम्म लकडाउन गरिरहने ? भोक र अभाबले कोरोनाको त्रासलाई जित्न सरकारले कस्ताे रणनीति ल्याउला त्याे भने हेर्न बाँकि छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनःनिर्माण यात्रा एक दशकमा प्रवेश गरेको सन्दर्भमा “पुनःनिर्माणको एक दशकको पुनरावलोकन” तथा अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक...
विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको चैत महिनासम्म समग्र आम्दानीमा ६।२ प्रतिशतको वृद्धि गरेको छ। यस वर्ष चैत मसान्तसम्मको आम्दानी २० अर्ब १२ करोड ५ लाख पुगेको...
काठमाण्डौ । भारत र पाकिस्तानबीचको सम्बन्ध अहिले एक नया संकटको मोडमा पुगेको छ। जम्मू–कश्मीरको पहलगाम क्षेत्रमा भएको आतङ्ककारी आक्रमणले दुई परमाणु शक्ति सम्पन्न देशहरूको बीचमा तनावलाई अझ चर्काएको छ।...
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले शुक्रबारदेखि आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज र क्लिनिकमा सघन उपचार...