भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

ललिता निवासको जग्गाभित्रका संरचना हटाउन काठमाडौँ महानगरको कडा निर्देशन

ललिता निवासको जग्गाभित्रका संरचना हटाउन काठमाडौँ महानगरको कडा निर्देशन

काठमाडौं । ललिता निवास जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । आइतबार महानगर प्रहरीको टोलीले बालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेर जग्गाभित्र रहेका संरचना हटाउन र थप कुनै पनि संरचना नबनाउन निर्देशन दिएको हो ।

सार्वजनिक जग्गा संरक्षण स्थानीय सरकारको जिम्मेवारी भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

ललिता निवासको जग्गा रोक्का भइसकेको अवस्था र सम्बन्धित निकायले अनुसन्धान अन्तिम अवस्थामा पु¥याइसकेकाले थप कुनै पनि संरचना निर्माण हुन नदिन महानगरले निगरानी गरेको छ । सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.