एजेन्सी । प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ । न्युक्यासलको घरेलु मैदानमा बुधबार राति लिभरपुलले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
तालिकामा ५ अंकको अग्रता लिने अवसर लिभरपुललाई थियो । लिभरपुलले बराबरीको नतिजासंगै दोस्रो स्थानको म्यान्चेष्टर युनाईटेडसंग तीन अंकको अग्रता कायमै राखेको छ ।
न्युक्यासल १९ अंक जोड्दै तालिकाको १४ औं स्थानमा छ । लिभरपुलले शीर्ष स्थानमा रहदै यस वर्षको लिगको अन्त्य गरेको छ ।
मोहमद सलाहाले गोलका दुई अवसरलाई खेर फालेका थिए । साडियो मानेको प्रहारलाई न्युक्यालका फाबियन स्कहारले गोल लाईनबाट बचाएका थिए । बुधबार रातिनै भएको टोटेनहम र फुलहमबीचको खेल भने स्थगित बनेको थियो ।
