भर्खरै : Sorry, your browser does not support inline SVG.

लुम्बिनीमा आज सार्वजनिक विदा

लुम्बिनीमा आज सार्वजनिक विदा

दाङ । लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको जनाएको छ ।

बुधवार स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले कैलाश खबरलाई बताए ।

कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने तय भएको छ ।

 


Thali Mobile Pvt.Ltd.