भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

लुम्बिनी कांग्रेस सभापतिमा अमरसिंह विजयी

लुम्बिनी कांग्रेस सभापतिमा अमरसिंह विजयी

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी भएका छन्।

संस्थापन इतर पक्षका पुनले संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनले ८ सय ८२ मत प्राप्त गरे। त्यस्तै शाहले ७ सय ६७ मत पाए।

पदाधिकारीमा पुन प्यानलकै वर्चस्व देखिएको छ। उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ , महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य विजयी भएका छन ।

यस्तै सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन्।

प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मतगणना शुरू भएको थियो ।

निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.