भर्खरै : Sorry, your browser does not support inline SVG.
जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान | भोटेकोशी बाढीपछि रसुवा जाने वैकल्पिक सडकमा जोखिमपूर्ण यात्रा, यात्रु र राहतका सवारीलाई सास्ती | भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला | भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ |

९ वर्षसम्म पनि बनेन नगरकोटको सडक, वडा सरकार नै आन्दोलित

९ वर्षसम्म पनि बनेन नगरकोटको सडक, वडा सरकार नै आन्दोलित

भक्तपुर । ठेका लिएको ९ वर्षसम्म पनि सडक नबनेपछि चाँनारायण नगरपालिका वडा नं ६ सरकार आन्दोलित बनेको छ । भक्तपुर–नगरकोट–सिपाघाट सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सन–एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिटेड)जेभीले ०७३ कात्तिक ४ मा काम सक्ने गरी ०७१ जेठ २२ मा ठेका पाएपनि हालसम्म सडक निर्माण नसकेपछि वडा नं ६ का वडा अध्यक्ष धनबहादुर लामाले सडकमै वडा सरकार चलाएर विरोध गरेका हुन ।

लामो समयसम्म निर्माण कार्य अलपत्र पार्ने कम्पनीलाई कारबाही गर्नुको साटो राजनीतिक संरक्षण र शक्तिका भरमा पटक–पटक म्याद थप गरिएको भन्दै स्थानीय, व्यवसायी, जनप्रतिनिधिलगायतले विरोध गरेका छन् । यो सडक विभिन्न राजनीतिक दलहरुको रोजाइमा जब चुनाव आउँछ अनिमात्रै पर्ने भएकाले सडक निर्माण कार्यले पूर्णता नपाएको स्थानीएको गुनासो रहेको छ ।

नौं–नौ वर्षसम्म पनि नबन्ने सकडक कस्तो सडक हो ? किन यसरी ढिला भइरहेको छ ? के शक्ति र पहँचको आधारमा वर्षौसम्म यहाँका जनतालाई सडक अधिकारबाट बञ्चित गर्न खोजिएकै हो त ? भन्दै यहाँका स्थानीय, व्यवसायीलगायतले प्रश्न समेत गरेका छन् ।

यही बाटोका कारण पर्यटकहरुको रोजाको पहिलो नम्बरमा पर्ने नगरकोट ओझेलमा परिरहेको पर्यटन व्यवसायीहरुको गुनासो रहेको छ । चाँगुनारायण नगरपालिका वडा न ६ का वडा अध्यक्ष धन बहादुर लामा र वडा सदस्य आरती लामाले सडकमै वडा कार्यलयको कार्य सम्पादन गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.