भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

वरिष्ठ जनस्वास्थ्य प्रशासक मिजारलाई सम्मान

वरिष्ठ जनस्वास्थ्य प्रशासक मिजारलाई सम्मान

भक्तपुर । स्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजार सम्मानित भएका छन् । कोराना भाइरसका कारण नेपालमा पनि अवस्था गम्भीर भएको तर, दिनरात नभनि भक्तपुर जिल्लामा क्षयरोग नियन्त्रण अभियानलाई निरन्तर योगदान पु¥याको भनेर मिजारलाई सम्मान गरिएको हो ।

नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले ४२ औं जिल्ला सभाको अवसरमा मिजारलाई सम्मान गरिएको संस्थाका सभापति पुष्पलाल तिमिलाले बताए । तिमिलाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका भौतिक, योजना तथा पूर्वाधार मन्त्री कृष्णलाल भडेलले कृष्णबहादुर मिजारलाई दोसला ओढाई सम्मानपत्रद्वारा सम्मान गरेका हुन ।

सम्मान ग्रहण गर्दै मिजारले सधैं क्षयरोग नियन्त्रण अभियानमा लाग्ने र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य महेन्द्रगोपाल कर्माचार्य, पूर्व महासचिव धनमान श्रेष्ठ, केन्द्रीय अध्यक्ष मदनकाजी श्रेष्ठले शुभकामना व्यक्त गर्दै मिजारको योगदानको कदर गरे ।

संस्थाका सचिव सुमन श्रेष्ठले संचालन गरेको कार्यक्रममा सहसचिव रत्नालक्ष्मी भैलले स्वागत गरेकी थिइन । निवर्तमान सभापति राम सिख्वःले धन्यवाद ज्ञापन गरेका थिए भने सचिव तथा कोषाध्यक्षले आ.व. २०७७÷०७८ को वार्षिक प्रतिवेदन र आ.व. २०७८÷०७९ को कार्ययोजना प्रस्तुत गरेका थिए । सो कार्ययोजना सर्वसम्मत पारित गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.