भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

बर्ड फ्लुको सङ्क्रमण १० जिल्लामा फैलियो

बर्ड फ्लुको सङ्क्रमण १० जिल्लामा फैलियो

काठमाण्डौ । बर्ड फ्लुका कारण देशका विभिन्न जिल्लामा ६५ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । पछिल्लो समय बर्ड फ्लुको संक्रमण बढ्दै गएपछि यति कु्खुरा नष्ट गरिएको हो । पशु सेवा विभागले काठमाण्डौ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, कास्की र पर्सामा बर्ड फ्लु देखिएको विभाग  जनाएको छ ।

सङ्क्रमण फैलिएका जिल्लाका ६५ हजारभन्दा धेरै कुखुरा, १५ हजार किलो दाना र २५ हजार ओटा अण्डा नस्ट गरिएको विभाग जनाएको छ । पक्षीमा टाउको सुन्निने, सिउर लोति निलोरकालो हुने र धेरैको सङ्ख्यामा एकैपटक मर्ने जस्ता लक्षणसहित बर्ड फ्लु देखिएको छ । छिटो फैलने भएकाले र मानिसमा समेत सर्ने रोग भएकाले सतर्कता अपनाउन पशु सेवा विभागले आग्रह गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.