भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

वार्षिक प्रतिवेदन अनुमोदन

वार्षिक प्रतिवेदन अनुमोदन

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन अनुमोदन गरिएको छ । शुक्रबार बसेको बैठकमा समितिका सदस्यबाट छलफलपछि सो प्रतिवेदन अनुमोदन गरिएको हो । चार खण्डमा रहेको प्रतिवेदनमा उक्त समितिका निर्णय तथा निर्देशन, महालेखा परीक्षकको विभिन्न वार्षिक प्रतिवेदनमा औँल्याइएका बेरुजुका सम्बन्धमा भएका काम कारबाहीका विवरणलगायत छन् ।उक्त प्रतिवेदनमा निर्वाचन आयोग मलेप को ५७औँ वार्षिक प्रतिवेदन, महान्याधिवक्ताको कार्यालय मलेप को ५७औँ वार्षिक प्रतिवेदन, परराष्ट्र मन्त्रालय मलेपको ५७ औँ वार्षिक प्रतिवेदन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मलेपको ५६औँ वार्षिक प्रतिवेदन, अर्थ मन्त्रालय मलेपको ५६औँ वार्षिक प्रतिवेदनको बुदाँ ९।३ देखि २४।४, गृह मन्त्रालय मलेपको ५५औँ वार्षिक प्रतिवेदन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मलेपको ५६औँ वार्षिक प्रतिवेदन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मलेपको ५४, ५३ र ५२औँ वार्षिक प्रतिवेदन समावेश छन् ।त्यस्तै विभिन्न समयमा गठन भएका उपसमितिका प्रतिवेदनअन्तर्गत कालीगण्डकी कोरिडोरको निर्माण कार्य र विभिन्न जिल्लास्थित कार्यालयको बेरुजुको अवस्थाबारे अध्ययन गर्न गठित उपसमितिद्वारा तयार गरिएको अध्ययन प्रतिवेदन, २०७७ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.