वर्तमानमा परिस्थितिलाई सहि तरिकाले सदुपयोग गर्न सके नेपाल जस्ता अल्प विकसित देशहरु विकसित मुलुकको सूचीमा उभ्याउन सक्ने प्रवल सम्भावना देखिन्छ । अहिलेको अवस्थामा प्रदेशीएका नेपालीहरु गाउँ घरमा फिर्ता हुदैछन् । सहरमा बरालिएका (विदेशको सपनिमा) युवाहरु पनि गाउँ घरमै फिर्ता हुदैछन् ।
अहिलेसम्मको शिक्षाको लहर कसरी धेरै कमाउने वा कसरी विकसित मुलुकमा सजिलोसँग जाने तथा साम दाम दण्डभेद र चाकडी, चाप्लुसि गरेर पनि गगन चुम्मि महलमा सुुख भोग गर्ने भन्ने चिन्तनमा आधारित थियो तर अहिले विश्व भरि मौलायको कोरोना भाइरस (कोभिड–१९)ले सम्पूर्ण विगतको सोच र चिन्तनमा परिवर्तन ल्याएको छ । आफ्नो ईतिहास, भुगोलको माया पलायनको छ ।
नेपालीको विगतको विरासतको झझल्को जोगेको छ । आफ्नो घर राम्रो भएन भनेर राम्रा राम्रा अरुका घर खोज्ने र कृतिम शुविधा भोग्ने मनहरु भाचीयका छन । विभिन्न देश,विदेशबाट राम्रो तथा नराम्रो धेरै अनुभव वोकेर युवा शक्ति आ–आफ्नो गाउँमा पसेका छन । यो उपयुक्त समय हो देशले नयाँ काँचुलि फेर्ने अथवा नयाँ उचाइमा फड्को मार्ने ।
तर कसरी ?
यो अनुकूल परिस्थितिमा कुसल नेतृत्वको नेपालमा धेरै खाँचो छ । सहि र समय सापेक्ष योजनाको खाचो छ । दुरदर्शिता को खाँचो छ । सबैको सामुहिक भावना र एकमनको एकतामा नौलो नेपालीको नयाँ अनुहार फेर्नू आवस्यक छ । नयाँ सोच , नयाँ चिन्तन, बोकेका नयाँ युवाहरुलाई नयाँ मानवको रुपमा विकास गर्नु आवस्यक छ ।
नेपालको हावापानी, परिस्थिति सुहाउँदो, अन्तर्राष्ट्रिय स्तरमा फरक पैहिचान दिन सक्ने, जनताको माग र देशको आवश्यक्तालाई पूरा गर्न सक्ने शिक्षा हुनुपर्छ । भाषण र कागजमा मात्रै सिमित नभएर प्रत्येक्ष गाउँ वस्तिका दुर–दराजका बालवालिकाले पनि सजिलोसँग, सर्वशुलव तरिकाले प्राप्त गर्ने शिक्षा हुनुपर्छ । अबको शिक्षा अध्यायन गरेर प्रयोगमा ल्याउने नभएर प्रयोग गरेर सिक्ने किसिमको हुनुपर्छ । शिक्षाको प्रक्रिया कक्षा कोठामा मात्रै सिमित नगरेर अब कोठा भन्दा बाहिर अध्यायनको थलो बनाउनु पर्छ ।
के यो सम्भव छ ?
देशको सम्पूर्ण पक्षको विकासको मेरुदण्ड भनेको शिक्षाको विकास हो । शिक्षा सुधारे सबै क्षेत्रमा सुधार हुन्छ । स्वास्थ, कृषि, वन पैदावर, विज्ञान प्रविधि, जल जडिबुटी, राजनीति न्याय निसाव, पार्दशिर्ता लगायत समग्रमा शिक्षाले नै परिवर्तन सम्भव छ । तसर्थ अब देशको विकासका लागि एक सुत्रीए अभियान शिक्षा क्षेत्रको आमुल परिवर्तन तर्फ लाग्नु पर्छ ।
नेपालको हावापानी, परिस्थिति सुहाउँदो, अन्तर्राष्ट्रिय स्तरमा फरक पैहिचान दिन सक्ने, जनताको माग र देशको आवश्यक्तालाई पूरा गर्न सक्ने शिक्षा हुनुपर्छ । भाषण र कागजमा मात्रै सिमित नभएर प्रत्येक्ष गाउँ वस्तिका दुर–दराजका बालवालिकाले पनि सजिलोसँग, सर्वशुलव तरिकाले प्राप्त गर्ने शिक्षा हुनुपर्छ ।
अबको शिक्षा अध्यायन गरेर प्रयोगमा ल्याउने नभएर प्रयोग गरेर सिक्ने किसिमको हुनुपर्छ । शिक्षाको प्रक्रिया कक्षा कोठामा मात्रै सिमित नगरेर अब कोठा भन्दा बाहिर अध्यायनको थलो बनाउनु पर्छ । २५प्रतिसत कक्षा कोठा भित्र र ७५ प्रतिसत समय कक्षा कोठा भन्दा बाहिर जस्तै ल्याव,कृषि फार्म, वन जंगल,अस्पताल,होटल,ग्यारेज,निर्माण स्थल,पशु फार्म,विभिन्न उद्योग आदि अध्यायन तथा अध्यायन वा शिकाईको समय लगाउने शिक्षा हुनु पर्दछ ।
व्यावहारिक शिक्षा हुनुपर्छ । कमाउदै पढ्ने वातावरण निर्माण गरिनुपर्छ । कति कक्षासम्म पढ्ने व्यक्तिले न्युनतम कतिसम्म अनिवार्य कमाउनु पर्छ भन्ने सिमा निर्धारण गरिनुपर्छ । शिक्षामा नविनतम रुपान्तरण कसरी गर्ने भन्ने सम्बन्धि विगत देखि वर्तमानसम्म नेपाल तथा अन्य देशहरूका धेरै उदाहरण पनि छन तर सबैको अनुभव,हाम्रो आवस्यक्ता र भविष्यका चुनौतीसँग सजिलोगरी प्रतिस्पर्धा गर्ने खालको शिक्षाले एकिकृतरुपमा बालकको चौतर्फी विकास गर्न तपसिलका क्षेत्रलाई समेटेर अगाडि बढ्न सकिन्छ ।
आधारभुत शिक्षा कस्तो हुनुपर्छ ?
१) कृषि शिक्षाः
यश भित्र बालि,पशु,फलफूल,तरकारी,सम्बन्धि तहगत रुपमा स्थानीय भाषा, नेपाली भाषा,अंग्रेजी भाषाको माध्यमले गणित र विज्ञानसँग जोड्दै शिक्षा लिने परिपाटी बसाल्न सकिन्छ ।
२) पाक शिक्षाः
हाम्रो दैनिक जिवनमा नभैनहुने पाक शिक्षा हो । स्वास्थ खाना,अर्गानिक खाना,सन्तुलित भोजन के हो ? कसरी तयार गर्ने ? कसरी उत्पादन गर्ने ? कसरी खाने ? कति मात्रामा खाने ? कुन समयमा खाने ? आदि कुरा प्रयोगात्मक रुपमा गरेर शिक्ने तहगत व्यवस्था मिलाउन सकिन्छ ।
जस्ले गर्दा विश्वस्तरमै चलेको होटल व्याशाय तथा पर्यटन उद्योगको पूर्व ज्ञान प्राप्त भावि जिवनमा अनगिन्ती रोजगारका क्षेत्र भेटाउने तथा आफै स्वरोजगार सृजना गर्न पनि सक्ने र पढ्दै कमाउदै आत्मनिभर र स्वाभिमानी हुने अवसर सृजना शिक्षाको माध्यमले गर्न सकिन्छ ।
३) स्वास्थ शिक्षाः
स्वास्थ व्यक्ति नै शारीरिक, मानसिक र सामाजिक रुपले नेतृत्वदायि व्यक्ति बन्न सक्छ । आफ्नो लागि आफै कसरी स्वास्थ को व्यवस्था गर्ने ? खानपिन, नुहाईधुहाई, घर आगन सरसफाई, विद्यालय कोठा, आगन सरसफाई, करेसाबारि तथा बगैँचा सरसफाई देखि दैनिक जीवनमा नभैनहुने सम्पुर्ण सरसफाईका काम काज सम्पूर्ण विद्यार्थीले तहगत र स्तर अनुसार अनिवार्य सिकेको हुनुपर्छ ।
स्वास्थ्यको लागि दैनिक योग,प्रणायम,ध्यान विभिन्न खेलकुद आदि आवश्यकतानुसार अनिवार्य शिकाईनु पर्छ । स्वास्थ शिक्षा भित्र जडिबुटीको महत्व र उपयोगका सम्बन्धमा प्रयोगात्मक अभ्यास गरिनु पर्ने तथा मानिसको प्रतिरक्षा क्षेमता बढाउने उपायको बारेमा पनि शिक्षाले निर्देशित गरेको हुनुपर्छ ।
४) निर्माण शिक्षाः
हाम्रो शिक्षाले मानिसको दैनिक आधारभुत आवाश्यता देखि सुुख सुविधा र विलाशिताका भौतिक सामाग्री निर्माण, उत्पादन, उपयोग सम्बन्धि तहगत व्यवस्था गरिनु पर्छ । सहर बजारमा यातायातका सामानहरु बनाउने देखि ईट्टा, झिँगटी र औजार निर्माण, खेलौना निर्माण अवस्था, स्तर, तह परिस्थिति अनुकूल शिकाईका अवसरहरु दिन सकिन्छ ।
गाउँ घरतिर हलो, ढिक्कि, नाम्लो, दाम्लो, घर निर्माण, फर्निचर, कृषि औजार, कृषि प्रसोधन यन्त्र आदि–आदि सम्बन्धि स्तर, तह र अनुकूलताको आधारमा शिक्षाको वातावरण निर्माण गर्न सकिन्छ ।
सबै क्षेत्रको प्रयोगात्मक शिकाईसँगै विभिन्न भाषा सिकाउनु पर्छ । सामाजिक शिक्षाको कति महत्व छ संग–संगै सिकाउनु पर्छ । नैतिक, ईमानदारीता र समुहको महत्वको बारेमा पनि समायोजन गरेर शिक्षा लिने वातावरण मिलाउन सकिन्छ ।
५) प्रबिधि शिक्षाः
२१ औ शताब्दीको युग सूचना र प्रबिधिको युग हो । जुन देश सूचनामा अगाडि छ त्यो हरेक क्षेत्रमा अगाडि हुन्छ । अहिले संसार एउटा कोठाबाट बुझ्ने र सिक्ने परिस्थिति तयार छ । अबका शैक्षिक गतिविधिले पनि नविनतम प्रविधिको उच्चतम उपयोग गर्नु पर्छ । हजारौं व्यक्तिहरुले महिनौ सम्मलगाएर गर्ने काम अहिले एउटा मेसिनले मिनेटमै गर्न सक्छ ।
२१ औ शताब्दीको युग सूचना र प्रबिधिको युग हो । जुन देश सूचनामा अगाडि छ त्यो हरेक क्षेत्रमा अगाडि हुन्छ । अहिले संसार एउटा कोठाबाट बुझ्ने र सिक्ने परिस्थिति तयार छ । अबका शैक्षिक गतिविधिले पनि नविनतम प्रविधिको उच्चतम उपयोग गर्नु पर्छ । हजारौं व्यक्तिहरुले महिनौ सम्मलगाएर गर्ने काम अहिले एउटा मेसिनले मिनेटमै गर्न सक्छ ।
सूचना र प्रविधिको उच्चतम प्रयोगले मानिस शारीरिक श्रम रहित प्राणी बन्दै छ । कसरी समय सापेक्षेरुपमा प्रविधिको उपयोग शिक्षा क्षेत्रमा प्रयोगमा ल्याउने वा कुन स्तर, कुन तहमा कति ज्ञान दिने भन्ने कुराको मार्गनिर्देशन शिक्षाले लिन सक्ने हुनुपर्छ ।
६) नैतिक शिक्षाः
आज मानिस भित्र मानविय पनको अभाव बढिरहेको छ । विज्ञान र प्रबिधिले मानिसलाई यान्त्रिक बनाईरहेको छ । कसरी अरुलाई पछि पार्ने,कसरी धनी हुने, कसरी सबैभन्दा अगाडि जाने भन्दै अन्धाधुन्ध होडवाजिले मानव जातिको भविष्य पनि जोखिमपुर्ण बन्दै छ । विभिन्न हातहतियार,जैविक हतियार,विभिन्न प्रकारका भाईरसको कारण मानवियता हराउदै छ ।
तसर्थ हाम्रो शिक्षामा मानविय शिक्षा,सामुदायिक शिक्षा, नैतिक शिक्षा,अनुसासनको शिक्षा, समावेशी र समानुपातिक अबसर सृजना गर्ने खालको शिक्षा हुनुपर्छ । विगतको गुरुकुल शिक्षा,वौद्ध शिक्षा,कुरान शिक्षा, ईस्लाम शिक्षा,मदरसा शिक्षा आदिमा विज्ञान शिक्षा जोड्नु पर्छ, शिक्षामा श्रम जोड्नु पर्छ जसको कारणले नैतिकताको विकास हुने, विज्ञानको विकास हुने, उत्पादनमा विकास हुने देखिन्छ । योग,ध्यान तथा मेडिटेसन र खेललाई पनि हामीले नैतिक शिक्षा भित्र समेटेर शिक्षाको योजना बनाउनु आजको आवश्यकता भित्र पर्दछ ।
नेपालको हावापानी, परिस्थिति सुहाउँदो, अन्तर्राष्ट्रिय स्तरमा फरक पैहिचान दिन सक्ने, जनताको माग र देशको आवश्यक्तालाई पूरा गर्न सक्ने शिक्षा हुनुपर्छ । भाषण र कागजमा मात्रै सिमित नभएर प्रत्येक्ष गाउँ वस्तिका दुर–दराजका बालवालिकाले पनि सजिलोसँग, सर्वशुलव तरिकाले प्राप्त गर्ने शिक्षा हुनुपर्छ ।
अबको शिक्षा अध्यायन गरेर प्रयोगमा ल्याउने नभएर प्रयोग गरेर सिक्ने किसिमको हुनुपर्छ । शिक्षाको प्रक्रिया कक्षा कोठामा मात्रै सिमित नगरेर अब कोठा भन्दा बाहिर अध्यायनको थलो बनाउनु पर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरु हामीले यो खबरदारी सभाको घोषणा गर्नेबित्तिकै सत्ता पक्षमा जुन आतंक देखापर्यो, सरकार आजै ढल्छ, भोलि नै ढल्छ तर हामीले त्यसो भनेका छैनौं । खबरदार तपाईहरुको...
कुनै समय थियो कानूनको शिक्षा भनेको पुरुषले मात्र लिनु पर्दछ भन्ने जस्तो । तर आज समय यसरी घुमिसकेको छ कि कानूनको शिक्षा छोरीले मात्र लिनु पर्ने हो कि भन्ने...
नेपालको राजनीतिलाई अस्थिर राजनीतिको संज्ञा दिने गरिन्छ । मिलिजुली प्रकृतिको सरकारको त कुरा छाडौ बहुमतको सरकार बन्दा पनि हामीले स्थायी सरकार प्राप्त गर्न सकिरहेका छैनौ । यो हाम्रो विडम्वना...
बंगलादेशको आधिकारिक नाम जनगणतान्त्रिक बंगलादेश हो । सन् १९४७ मा जव भारत र पाकिस्तान विभाजन हुँदै थिए । त्यो समय यसलाई पूर्वी पाकिस्तानको नामले चिनिन्थ्यो । करिब १ हजार...