भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा | राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य | तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क | गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच | उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु | तातोपानी नाका जोड्ने सडकको इको खण्ड डेढ महिनापछि अस्थायी रूपमा खुल्यो | चीनको नयाँ ‘आइस सिल्क रोड’ : युरोप पुग्न २० दिन, स्वेजको विकल्प बन्दैछ आर्कटिक मार्ग? |

विकृति र भ्रष्टाचारविरोधी अभियान थालनीका लागि माओवादी केन्द्रले विधान सम्मेलन गर्ने

विकृति र भ्रष्टाचारविरोधी अभियान थालनीका लागि माओवादी केन्द्रले विधान सम्मेलन गर्ने

काठमाडौं । माओवादी केन्द्रले आगामी मङ्सिरमा विधान सम्मेलन गर्ने गरी गृहकार्य थाल्ने भएको छ। बालुवाटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले मङ्सिरमा विधान सम्मेलन गर्ने गरी केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको हो ।

पार्टीका उपमहासचिव वर्षमान पुनले बुधबारदेखि पाँच दिनसम्म सञ्चालन हुने केन्द्रीय समिति बैठकलाई प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको बताए । काठमाडौँको प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्नेछ । पार्टी विधि र विधानबमोजिम सञ्चालन गर्न माओवादीले पहिलो पटक विधान सम्मेलन आयोजना गर्न लागेको हो ।

माओवादीले आगामी तीनमहिने अभियान सञ्चालन गर्ने तयारी गरेको पुनले जानकारी दिए । केन्द्रीय सदस्यलाई कार्यविभाजन गरेर वडासम्म पुगेर काम गर्ने गरी पठाइने, नयाँ पार्टी सदस्यता दिने, पुरानो पार्टी सदस्यता नवीकरण गर्ने, पार्टी नभएको ठाउँमा गठन गर्ने र प्रशिक्षित गरिने उनको भनाइ छ ।

विकृति र भ्रष्टाचारविरोधी अभियानका रूपमा सञ्चालन गर्ने, सरकारले गरेका राम्रा काम जनतामा र जनताका समस्या सरकारसमक्ष पु¥याइने उनले बताए । अहिले भ्रष्टाचारविरुद्धको सुशासनको अभियान राष्ट्रिय रूपमा अगाडि बढाइएको भन्दै एकथरी मानिस डराएर पार्टीभित्रै र गठबन्धनभित्रै खेल्न खोज्ने प्रवृत्ति देखिएको बताए ।

नेता पुनले सुन काण्डमा उच्चस्तरीय छानबिन समिति बनाएर काम गर्नुपर्ने बताउए ।

 


Thali Mobile Pvt.Ltd.