भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

राप्रपा नेपाल र जनआन्दोलन मोर्चाबीच एकता हुँदै

राप्रपा नेपाल र जनआन्दोलन मोर्चाबीच एकता हुँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता हुँदैछ ।

गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो ।

आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीचको एकता घोषणासभाका लागि अन्तिम तयारी पुरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए।

दिउँसो २ बजे एकता सभाको औपचारिक कार्यक्रम हुने उनको भनाइ छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकतासम्बन्धी सहमति गरिए अनुसार आज एकता सभा हुन लागेको हो ।

महामन्त्री बर्तौलाले सो एकतापछि नागरिकको हक अधिकारका लागि जनआन्दोलनको तयारीमा लाग्ने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.