भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

विदेशबाट दुईवटा मोबाइल ल्याउन कानुनी जटिलता भए फुकाउन प्रधानमन्त्रीको निर्देशन

विदेशबाट दुईवटा मोबाइल ल्याउन कानुनी जटिलता भए फुकाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट अतिरिक्त मोबाइल ल्याउन पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएका छन्। विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या भएकोले अर्थमन्त्री विष्णु पौडेललाई केही दिन अगाडि आफूले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

विदेशमा रहेका नागरिकहरुले आफुहरुसैग अतिरिक्त मोबाइल ल्याउँदा विमानस्थलमा समस्या सिर्जना भएको तथा सो घटनामा जनताको चासो र गुनासो रहेकाले आवश्यक कार्यवाही अघि बढाउन तथा सरल, सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले मन्त्री पौडेललाई निर्देशन दिनुभएको सचिवालय स्रोतले जनाएको छ ।

मंगलबार अमेरिकाबाट फर्किएका झापाका दुधलाल नेम्वाङले ल्याएको अतिरिक्त आइफोन एयरपोर्टस्थित भन्सारका भर्मचारीले १८ प्रतिशत कर तिर्नुपर्ने बताए पछि उनले कर नतिरी मोबाइल नै त्यही छोडेर हिँडेका थिए। उनले अतिरिक्त मोबाइल ल्याउँदा १८ प्रतिशत कर तिर्नुपरेको गुनासो गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.