भर्खरै : Sorry, your browser does not support inline SVG.
शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु | भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का |

यातायात व्यवस्था सुधारमा हामी हेरेर बस्दैनौंः मन्त्री श्रेष्ठ

यातायात व्यवस्था सुधारमा हामी हेरेर बस्दैनौंः मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात कार्यालयको अनुुगमन गरेका छन् । मन्त्री श्रेष्ठले यातायात व्यवस्था सुधारका लागि मंगलबार एकान्तकुनाका साथै ठूलो भर्‍याङस्थित यातायात कार्यालयको अनुगमन गरेका हुन् ।

मन्त्री श्रेष्ठले यातायात क्षेत्रमा भइरहेको चरम लापरबाहीमा सुधार ल्याउनका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउन प्रदेश सरकारसँग समन्वय भइरहेको बताए । अहिलेको समस्या समाधान गर्ने, कमजोरी सच्याउने र सेवाग्राहीलाई छिटो सहज सेवा दिन आफु मुखदर्शक भएर मात्रै नबस्ने बताए ।

समयमा काम नहुने र कतिपय सन्दर्भमा असहज पीडा गरी सेवा प्राप्त हुने अवस्था अन्त्य गर्न डिजिटाइजेसनमा जाने र आवश्यक साधन स्रोत समेत उपलब्ध गराउँने बताए ।

 


Thali Mobile Pvt.Ltd.