भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी |

विदेशी मुद्रा सहित चार जना विमानस्थलबाटै पक्राउ

विदेशी मुद्रा सहित चार जना विमानस्थलबाटै पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित चार जना पक्राउ परेका छन् । अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७, बहराइन दिनार ३ सय ८ अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा चार जना पक्राउ परेका हुन । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ।

हिमालयन एयर लाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका रूपन्देही तिलोत्तमा नगरपालिका –९ तुल्सिपुर घर भएका २४ वर्षीय अनिस थापालाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्‍यापिङ गरी चाउचाउको बीचमा लुकाई लैजान लागेको अवस्थामा विदेशी मुद्रा फेला परेको हो।

दिपेश राना लगायत ३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बागमती प्रदेश –०१–०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा फेला पारी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ।
अनुसन्धान एवं सोधपुछको क्रममा मुद्राहरू रूपन्देही तिलोत्तमा नगरपालिका–९ घर भएका ३८ वर्षीय दिपेश राना लगायतका व्यक्तिहरूले दिएको भन्ने खुल्न आएको छ ।

 


Thali Mobile Pvt.Ltd.