भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

8th Hub Convention: विद्यार्थीको गुणस्तर मापन गर्ने आधारका रुपमा (SQC) 2020 (भिडियोसहित)

8th Hub Convention: विद्यार्थीको गुणस्तर मापन गर्ने आधारका रुपमा (SQC) 2020 (भिडियोसहित)

भक्तपुर । विद्यालयमा बन्द, हड्ताल र तालाबन्दीलगायतका अवाञ्छित गतिविधि गर्न नहुने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

एभरेष्ट इंगलिश सेकेन्डरी स्कूलमा आयोजित 8th Hub Convention on SQC 2020 कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले ज्ञानविज्ञानको केन्द्रका रुपमा भक्तपुरको शिक्षा, स्वास्थ्य, पर्यटनलाई लगेको बताए ।

देशकै उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै गएको भक्तपुरको शिक्षालाई नगरपालिकाले अगाडि बढाइरहेको बताए । समाजलाई योगदान गर्न सक्ने जनशक्तिको खाँचो भएको भन्दै उच्च शिक्षा र रोजगारीका लागि नेपाली विद्यार्थी विदेशीयको बताए ।

त्यो सोचबाट टाढा राहनका लागि विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताए । विद्यार्थी र शिक्षकले देशको राजनीतिप्रति चासो राख्नुपर्ने भन्दैबौद्धिक र प्रबुद्ध व्यक्तिले देशको भविष्य प्रति चिन्ता गरेर अगाडि बढ्नुपर्ने बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्…

यस्तै एस.क्यु.सी.को अवधारणाले विद्यार्थीहरुमा आत्मविश्वास जगाएको एभरेष्ट इंगलिस स्कूलका प्र.अ.भक्तराज भण्डारीले बताए । आफ्ना समस्या पहिचान गरी आफै समाधान गर्ने क्षमता अभिवृद्धि गर्नु नै एस.क्यु.सी.को उदेश्य रहेको उनको धारणा छ ।

देशभक्त, अनुशासित विद्यार्थी उत्पादन गर्न एभरेष्ट इंगलिश स्कुलले विशेष जोड दिएको भन्दै एस.क्यु.सी. गठनले उपलब्धी हासिल गर्न सहज भएको दावी गरे ।

एस.क्यु.सी. स्थापनाको २० वर्ष पुगिसक्दा धेरै विद्यालयहरुले समिति गठन गरिसकेको संस्थापक दिनेश चापागाइँले बताए । यस कार्यक्रमले २१ औं शताब्दीका विद्यार्थीहरुको गुणस्तर मापन गर्ने आधारका रुपमा समितिले काम गर्दै आइरहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.