भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

राष्ट्रपति बाइडेन र युक्रेनी समकक्षी जेलेन्स्कीबीच वार्ता हुने

राष्ट्रपति बाइडेन र युक्रेनी समकक्षी जेलेन्स्कीबीच वार्ता हुने

काठमाडौं । गामी बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता हुने भएको छ । भेटमा युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्नेछन् । आर्थिक सहायता प्राप्तिका निम्ति उनले अमेरिकी संसद्को पनि भ्रमण गर्ने बताइएको छ ।

विशेष गरी रिपब्लिकन पार्टीका केही नेताले युक्रेनका जनरलहरूले युद्ध सञ्चालन गर्ने तरिकाको आलोचना पनि गरेका छन् । युक्रेनको सुस्त प्रगतिको पनि उनीहरूले आलोचना गर्दै आएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत साता युक्रेनको भ्रमण गरेर ४१ अर्ब डलरभन्दा बढीको नयाँ सहायता प्याकेज घोषणा गरेका थिए । यो सहायतामा युरेनियम ट्याङ्क र गोलाबारुद पनि समावेश छ । यी घातक हतियार अमेरिकाले पठाएमा मस्को पनि प्रतिघातपूर्ण कदम चाल्न बाध्य हुने चेतावनी दिएको थियो ।

बाइडेन प्रशासनले कांग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्न आग्रह गरेको छ । यो रकममा १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोग समावेश छ । केही राजनीतिज्ञले यति धेरै रकम युक्रेनलाई दिन नहुने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.