भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

विप्लवका दाजु बिरजङ्ग चन्दको निधन

विप्लवका दाजु बिरजङ्ग चन्दको निधन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु चन्द्रबहादुर चन्द ‘बिरजङ्ग को निधन भएको छ ।

नेकपाका पोलिटव्युरो सदस्यसमेत रहेका बिरजङ्गको ६१ वर्षको उमेरमा भारतको दिल्लिस्थित म्याक्सअस्पतालमा गएराती निधन भएको परिवारले जनाएको छ ।

पार्टी प्रतिबन्धित रहेको अवस्थामा लामो समयसम्म हिरासत र जेल जीवन बिताएका उनलाई जेलभित्रै मुटुको रोग लागेको थियो । दुईपटकसम्म मुटुको शल्यक्रिया भएको थियो । उनलाई प्रहरी हिरासतभित्रै कोरोना संक्रमणसमेत भएको पनि परिवारले बताएको छ ।

२०१७ रोल्पाको इरिबाङमा जन्मिएका बिरजङ्ग क्रान्त्किारी र इमान्दारी छविका नेताका रुपमा चिनिन्छन् । उनको शव भारतबाट भोलि नेपाल ल्याइने र कपिलवस्तुको शिवगढीस्थ्ति उनको घरमा श्रद्धाञ्जलीसभा आयोजना गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.