भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

विप्लवलाई महासचिव देखि उपप्रधानमन्त्रीसम्म बनाउने कुरा हल्ला कि वास्तविक ?

विप्लवलाई महासचिव देखि उपप्रधानमन्त्रीसम्म बनाउने कुरा हल्ला कि वास्तविक ?

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारद्धारा नै प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसंग यही सरकारले वार्ता गर्ने भनिरहेको छ । यता वार्ता पनि भनिरहेको उता अदालतले दिएको आदेश विपरित उनकै नेता धर्मेन्द्र वास्तोलालाई गिरफतार गरेको छ ।

यी घटनाले आशंका पनि उब्जाएको छ । तर विप्लवलाई एकपछि अर्को आश्चर्यचकित पार्ने कदम पनि चाल्न सक्ने संकेत हात परेको छ । ओली सरकारले कठोर बन्नु र विप्लव वार्ताका लागि नरम बन्नु राजनैतिकवृतमा अर्थपूर्ण तरीकाले हेरिएको छ । विप्लवलाई नेपाल कम्युनिस्ट पार्टी नेकपाको महासचिव र सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको समेत दिने प्रस्ताव आएको स्रोतको दावी छ ।

यो सही वा गलत भन्ने कुराका बारेमा विप्लव पक्षबाट भने कुनै जवाफ सार्वजनिक भएको छैन । जनयुद्धबाट प्रचण्ड नेतृत्वको पार्टी शान्तिमा आएका बेला जनताका माग पुरा हुन सक्दैनन् भनेर अध्यक्ष प्रचण्डबाट अलग भएका विप्लव ओलीसँग नजिक हुन सक्लान त ? आम चाँसोको विषय बनेको छ ।

शासकीय स्वरुप समेत फेर्नुपर्ने पक्षमा उभिएका विप्लवको ८ फागुनमा अकस्मात् जारी गरेको प्रेस विज्ञप्तिले भने सबैलाई आश्चर्य पारेको थियो । तीन कम्युनिस्ट घटकसँग २९ माघमा रणनैतिक मोर्चामा सामेल भएका विप्लवको अवको रणनीति के हुने यस बारे भने जनताले जान्न चाहेका छन् । यता वार्ताको माहोल तयार हुनु र उता नेता गिरफतार हुनुले भने आशंका पैदा गरिदिएको छ ।

 


Thali Mobile Pvt.Ltd.