काठमाण्डौ । औषधि व्यवस्था विभागले जथनाभावि औषधि प्रयोग नगर्न आग्रह गरेको छ । विभागले शुक्रबार सूचना टासेरै बजारमा खाद्यवस्तु जस्तै गरी केही औषधि र भिटामिनजन्य औषधिको जथाभाबी बिक्री भइरहेको पाइएकाले प्रयोग नगर्न आmग्रह गरेको हो । विभागले यस्ता औषधिलाई प्रतिबन्धसमेत लगाएको जनाउदै जी ल्याब्रोटोरिज, भारतमा बनेको बायोदी ड्रप्स बालबालिकाका लागि प्रयोग गर्दा असर देखिएको उल्लेख समेत गरेको छ ।
यी औषधि नेपालमा दर्ता नभएको र यस्ता अनुमति नपाएका तथा दर्ता नभएका औषधि र भिटामिन प्रयोग नगर्न विभागको सबैमा आग्रह गरेको छ । यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले मानव स्वास्थ्यमा असर पारिरहेको उल्लेख गर्दै ट्याबलेट, क्याप्सुल तथा झोलमा पाइने औषधि खाद्यवस्तु जस्तै गरी आयात र बिक्री भइरहेकाले प्रयोग नगर्न विभागले सचेत गराएको छ ।
