भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

विमानको खोजी गर्न गृहमन्त्री खाँणको निर्देशन

विमानको खोजी गर्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सम्पर्कविहीन विमानको खोजी तीब्र पार्न निर्देशन दिएका छन् । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान खोजीलाई तीव्र पार्न प्रशासन र सुरक्षा अधिकारीहरुलाई गृहमन्त्री खाँणले निर्देशन दिएका हुन । विमानमा १९ यात्रु र ३ चालक दलको सदस्य रहेका छन् ।

आइतबार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान १० :०७ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको जनाइएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी खोजी कार्यलाई तिव्रता दिन गृहमन्त्री खाँणले निर्देशन दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.