भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

विवादित नागरिकता विधेयक फास्टट्याक बाटै पास गर्ने तयारी

विवादित नागरिकता विधेयक फास्टट्याक बाटै पास गर्ने तयारी

काठमाडौं । विवादित रहेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक फास्टट्याकबाटै सरकारले प्रतिनिधिसभाको आजको बैठकमा पुनःपास गर्ने तयारी गरेको छ ।

राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता विधेयक, २०७९ माथि पुर्नविचार गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बिहान ११ बजे बस्ने संसद बैठकमा नागरिकता विधेयकमाथि पुर्नविचार गरियोस् भन्ने प्रस्ताव गर्ने र पारित गर्नका लागि गृहमन्त्री खाणले प्रस्ताव पेश गर्ने प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले बताए ।

मंगलबार बसेको गठबन्धन बैठकले नागरिकता विधेयक हुबहु प्रमाणकीकरणका लागि पुनः राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको थियो । गठबन्धनको बैठकले संसदीय प्रकृया पूरा गरी प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउने निर्णय गरेको हो । नागरिकता विधेयक जस्ताको त्यस्तै राष्ट्रपतिकहाँ पठाउने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

केपी शर्मा ओलीको सरकारले संसद्‌मा दर्ता भएको नेपाल नागरिकता विधेयक, २०७५ (पहिलो संशोधन) फिर्ता गरेर पुनः दर्ता गराएको थियो । राज्य व्यवस्था तथा सुशासन समितिले यसअघि विवाह गरेर आएको सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्थासहितको विधेयक प्रतिनिधिसभामा पठाएको थियो ।

तर, उक्त विधेयक फिर्ता लिई असार २४ गते दर्ता गरेको विधेयक गृहमन्त्री खाँणले सदनमा पेस गरेका हुन्। त्यसपछि विषयगत समितिमा पनि नपठाई दुई हप्तामै ‘फास्ट ट्र्याक’बाट नागरिकता विधेयक पारित गरेको थियो। विषयगत समितिमा विधेयक पठाइ छलफल गर्नुपर्ने र वैवाहिक अंगीकृत नागरिकतामा समयसीमा राख्नुपर्ने प्रमुख पतिपक्ष दल एमालेको मागलाई सरकारले अस्वीकार गर्‍यो ।

सत्तापक्षको बहुमतबाट विधेयक पारित गरियो । जब कि सत्तापक्ष र विपक्षी दलका ४५ सांसदले ९४ वटा विषयमा संशोधन प्रस्ताव राखेका थिए । साउन ७ गते शुक्रबार नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाले बहुमतले पारित गरेको थियो ।

साउन १२ गते राष्ट्रियसभाबाट पारित भएको थियो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालयमा पठाएका थिए । ए।

 


Thali Mobile Pvt.Ltd.