भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

विशेष कारण देखाएर राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

विशेष कारण देखाएर राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । अनिश्चितकालका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको उल्लेख छ । भनेर उल्लेख गरिएको छ ।

साउन १ गते सोमबार बोलाइएको बैठक विशेष कारणवश स्थगित भएको संघीय संसद्का महासचिव डा.गौतमले बताउनुभयो । राष्ट्रिय सभाको यही साउन १ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक अनिश्चित कालका लागि स्थगित भएको हो ।

 

 


Thali Mobile Pvt.Ltd.