भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

विश्वकपमा स्थान बनाउन नेलाललाई जित्नैपर्ने दबाब, आज यूएईसँग भिड्दै

विश्वकपमा स्थान बनाउन नेलाललाई जित्नैपर्ने दबाब, आज यूएईसँग भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनलमा आज नेपालले यूएईसँग भिड्दैछ । मुलपानी मैदानमा बिहान ११ बजे खेल सुरु हुनेछ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल खेल्न लागेका हुन् ।

यो खेलको विजेताले छनोटको फाइनलमा स्थान बनाउनका लागि आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन् । नेपाल आजको खेलमा यूएईलाई हराउँदै घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारको बदला लिन चाहन्छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह उपविजेता बनेको थियो । आजै हुने अर्को सेमिफाइनलमा ओमान र बहराइन भिड्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.