काठमाडौं । अर्थतन्त्रमाथि दबाव बढिरहेका बेला प्रधानमन्त्री प्रचण्ड आफै गोलमेच सम्मेलन गर्न छलफल अगाडि बढाएका छन् ।
उनका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सम्मेलनको मिति तय भइनसके पनि छिटै गर्न खोजिएको बताए ।
अर्थतन्त्रसम्बन्धी समस्या समाधानका लागि उपाय पहिल्याउन सम्मेलन गर्न लागेको अर्थविद् पोषराज पाण्डेले बताए ।
सर्वपक्षीय छलफलबाट केही नतिजा आउनेमा आशावादी रहेको उनको भनाइ छ ।
जारी समस्याबारे साझा धारणा बनाएर अर्थतन्त्रलाई गति दिनका लागि गोलमेच सम्मेलन गर्न खोजिएको गजुरेलले बताए ।
