भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

विश्वको पहिलो, दोश्रो र तेस्रो नम्बरका तीन धनी

विश्वको पहिलो, दोश्रो र तेस्रो नम्बरका तीन धनी

एजेन्सी । विश्वका धनी व्यक्तिको सुचीमा दोश्रो नम्बरमा भारतीय अर्बपति गौतम अदानी परेका छन् । उनले दोश्रो नम्बरमा रहेका जेफ बेजोसलाई पछि पार्दै आफू दोश्रो नम्बरमा उक्लेका छन् । पहिलो नम्बरमा भने अझै पनि एलोन मस्क नै छन् ।

यस अगाडि विलासिताका सामान व्यवसायी बर्नार्ड अर्नाल्टलाई पछाडी पार्दै अडानी विश्वको तेश्रो धनी बनेका थिए । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अहिले अडानीको सम्पत्ति १४६ दशमलव ८ बिलियन डलर पुगेको छ । पहिलो नम्बरमा रहेका टेस्लाका सीईओ एलोन मस्कको सम्पत्ति २६३ दशमलव ९ बिलियन रहेको छ ।

एसियाकै सबैभन्दा धनी व्यक्ति घोषित भएको ६ महिनापछि अडानी विश्वकै दोश्रो धनीमा सुचिकृत भएका हुन् । अदानी सन् २०२२ मा कुल सम्पत्तिमा कमी नआएका शीर्ष १० को एक मात्र सदस्य समेत बनेका छन् ।अडानीले गुजरात युनिभर्सिटीमा दोस्रो वर्षमा कलेज छोडेर हिराको पहिचान गर्ने विशेषज्ञ बन्न लामो यात्रा तय गरेका छन् ।

उनी अदानी समूहका संस्थापक हुन् । जससँग बन्दरगाह, कोइला र ऊर्जालगायत विभिन्न उद्योगहरूमा कम्पनीहरूको ठूलो पोर्टफोलियो छ । अदानी आफ्नो कमोडिटी एक्सपोर्ट फर्म सुरु गरेको २० वर्षपछि सन् २००८ मा पहिलो पटक अर्बपति बनेका थिए ।

बिल गेट्सले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनलाई २० अर्ब डलर दिने घोषणा गरेपछि अदानीले बिल गेट्सलाई पनि उछिनेका हुन् । उनले आफ्नो नम्बर दोश्रो स्थानमा सुरक्षित राख्न सक्छन् वा सक्दैनन् त्यो भने हेर्न बाँकी छ । उनको कम्पनी विस्तारको क्रममा लिएको ऋणको मात्राका कारण पछाडि पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

साथै अर्नाल्ट वा गेट्सको कम्पनीहरूको स्टक मूल्यमा भएको वृद्धिले अदानी शीर्ष तीनबाट पछाडि पर्नसक्ने सम्भावना पनि छ ।

 


Thali Mobile Pvt.Ltd.