भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बाढी र डुबनमा परेर कैलालीका सयौँ परिवार विस्थापित

बाढी र डुबनमा परेर कैलालीका सयौँ परिवार विस्थापित

कैलाली । भजनी नगरपालिका–८ का प्रताप विश्वकर्मा बाढीका कारण विस्थापित भए । प्रतापसँगै सोनाहाफाटा टोलका अधिकांश स्थानीय हुलाकी सडकमा त्रिपाल हालेर आश्रय लिइरहेका छन् । लगातारको अविरल वर्षाका कारण पथरैया नदीको बाढीले बस्ती नै डुबानमा परेपछि पशुचौपायासहित स्थानीयले घर नै छोडेर हुलाकी सडकमा बस्न बाध्य भएका हुन् ।

सामान सार्न, चौपाया व्यवस्थापन गर्न र परिवारलाई सुरक्षित स्थानमा पु¥याउँदै रात काटेको उनीहरु बताउँछन् । पीडितको व्यवस्थापनमा निकै समस्या भएको जनप्रतिनिधिले बताएका छन् । जताततै पानी मात्रै देखिन्छ । हुलाकी सडकबाट हेर्दा जताततै समुद्रको आभास हुने गरेको छ ।

चारैतिरबाट नदीले घेरिएको भजनीका सबै वडा जलमग्न भएका छन् । सयौँ बिघा धान नदीको कटानबाट नष्ट भएको स्थानीय रामबहादुर साउद बताए । उद्धारका लागि पनि निकै कठिनाइ भइरहेको छ । अहिलेसम्म मानवीय क्षति नभए पनि धनजनको ठूलो क्षति भएको उनीहरु बताउँछन् ।

बाढीका कारण भजनी क्षेत्रको अवस्था निकै अस्तव्यस्त भएको छ । नदीमा पानीको बहाव निकै उच्च भएका कारण उद्धारमा समस्या भएको र कयौँ क्षेत्रमा बाढी र कटानका कारण सम्पर्क विच्छेदसमेत भएको नगरप्रमुखले बताए । सयौँ परिवार विस्थापित भइसकेको अवस्था छ ।

अधिकांशको आश्रयस्थल यतिबेला हुलाकी सडक बनेको छ । अवस्था सबै ठाउँको उस्तै छ । बाढीका कारण हुलाकी सडक अवरुद्ध भएको छ । भजनी नगरपालिका–८ सोनाहाफाटामा पथरैया नदीको बाढी सडकमाथि ओभर भएर कटान हुँदा आवागमन अवरुद्ध भएको स्थानीय जयप्रसाद ढुङ्गानाले बताए ।

तीन सय मिटर सडक कटानमा परेको छ । सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भजनीसँगको सम्बन्ध विच्छेद भएको छ । डुङ्गाको सहायताको लागि नगरपालिकालाई आग्रह गरेपनि सुनुुवाइ हुन सकेको छैन भन्छन् पीडित ।

 


Thali Mobile Pvt.Ltd.