भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

विश्वासघात र देशद्रोह गर्नेलाई कारबाही गर्ने रुसी राष्ट्रपतिको चेतावनी

विश्वासघात र देशद्रोह गर्नेलाई कारबाही गर्ने रुसी राष्ट्रपतिको चेतावनी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वासघात र देशद्रोह गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् । रूसी समाचार संस्था तासका अनुसार पछिल्लो घटनापछि मस्कोमा सुरक्षा व्यवस्था कडा पारिएको र विद्रोह गर्नेलाई कारबाही गर्ने राष्ट्रपति पुटिनले चेतावनी दिएका हुन । रुसले वाग्नर लडाकु समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

लडाकु समूह वाग्नरले विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले यो समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको हो । वाग्नर समूहले रुसको दक्षिणी सहर रोस्तोव र वोरोनिश सहर कब्जा गरेको बीबीसीले जनाएको छ ।

युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमा त्यहाँको निजी सैन्य समूह वाग्नरका गतिविधिले सैन्य संरचनामा नै सङ्कट उत्पन्न गरेको छ । वाग्नर भाडाका सैनिकहरूको समूह हो । जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गरेको रुसी रक्षा मन्त्रालयले सबै लडाकुको सुरक्षाको प्रत्याभूति गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

रूसी सङ्घीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले वाग्नर निजी सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिनविरुद्ध सेनालाई विद्रोहका लागि उक्साएको आरोपमा फौजदारी मुद्दा दायर गरिएको पनि जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.