भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वीरगञ्जमा ‘चालकसँग एक मिनेट’

वीरगञ्जमा ‘चालकसँग एक मिनेट’

वीरगञ्ज, । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले ट्राफिक सचेतना अभियानअन्तर्गत चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक सचेतना अभिवृद्धि गराई सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले सो कार्यक्रम गर्दै आएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक सचेतना अभियानअन्तर्गत कार्यालयसहित त्यस मातहातका कार्यालयले विभिन्न कार्य गर्दै आएको छ ।

प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकृत सन्तुलालप्रसाद जैसवालले चालू आर्थिक वर्ष २०७८–७९ को पुस महिना मसान्तसम्ममा यस कार्यालयबाट मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने १९३ चालकलाई कारवाही गरिएको बताए । यसैगरी चालू आव २०७८–७९ को साउनदेखि मङ्सिर मसान्तसम्म क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने १०९ सवारी साधनका चालकलाई कारवाही गरिएको छ । कारवाही गर्दा रु १६ लाख राजस्व सङ्कलन भएको छ ।

यस्तै चालू आवको मङ्सिर मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख १२ हजार ७८३ सवारी साधनका चालकलाई कारवाही गरी कूल रु कूल नौ करोड ७७ लाख राजस्व सङ्कलन गरिएको छ । कार्यालयका अनुसार २०७८ सालको पुस मसान्तसम्ममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १९३ चालकलाई कारवाही गरिएको छ । यस कार्यालय मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, बारा र रौतहटमा विभिन्न पदमा कार्यरत ११६ ट्राफिक प्रहरीलाई प्रशिक्षणसमेत दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.