वैशाख पहिलो साता मात्र सिट बाँडफाँट, महानगरबारे केन्द्रले निर्णय गर्ने

वैशाख पहिलो साता मात्र सिट बाँडफाँट, महानगरबारे केन्द्रले निर्णय गर्ने

काठमाडौं । सत्ता गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको छ । पाँच दलका शीर्ष नेताहरुको बैठकले तालमेलका ७ आधारसहित तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु बनाएको छ ।

गठबन्धनका ७ आधार तय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सिट बाँडफाँट गर्दा दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने ।

सत्तारुढ पाँच दलले वडा सदस्य र वडाध्यक्षमा चुनावी तालमेल गर्ने अधिकार पालिकास्तरीय संयन्त्रलाई दिएका छन् । नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखकमा तालमेल तथा बाँडफाँटबारे जिल्लास्तरीय संयन्त्रले ३ वैशाखभित्र प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले ५ गते केन्द्रमा पठाउने निर्णय छ ।

महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको सिट बाँडफाँड केन्द्रीय संयन्त्रले गर्ने निर्णय भएको छ । प्रदेश र जिल्ला संयन्त्रमा गठबन्धनमा रहेका २२ जना प्रतिनिधि रहने छन् भने अवश्यकताअनुसार आमन्त्रित सदस्य बोलाउन सकिनेछ । स्थानीय पालिका, जिल्ला र प्रदेशका सबै संयन्त्रको बैठकको संयोजक कांग्रेस नेता रहनेछन् ।

 


Thali Mobile Pvt.Ltd.