व्यावसायिक उखुुबारीमा समृद्धि खोज्दै पूर्व जनकलाकार डम्बर

व्यावसायिक उखुुबारीमा समृद्धि खोज्दै पूर्व जनकलाकार डम्बर image

राज्यको आमुल परिवर्तनका लागि जनयुुद्धमा होमिएका रोल्पाका डम्वर मगर, तत्कालीन शसस्त्र जनयुुद्धमा रातावस्तीहरुमा चेतनाको आवाजमार्फत झोलितुम्मा बोकेर लागेको अहिले जस्तै लाग्छ । कलाकार राष्ट्रका गहना हुन भन्ने तथ्यलाई उनले अहिले कलाकार उत्पादन र श्रमका सम्वाहक पनि हुन भन्ने पुष्टी गरिदिएका छन् । गितसंगित, नाच र साहित्य रचनामा औधि रुचि राख्ने डम्बर मगरको समय आजभोली उखुवारीमा बित्ने गरेको छ ।

तत्कालिन समयमा जनकलाकारहरुले वस्ती वस्तीमा साँगितिक चेतना नफैलाएको भए अहिले जनताले गणतन्त्रको स्वाद चाख्ने थिएनन् होला सायद । समयको विभिन्न कालखण्ड पार गर्दै जाँदा कैयौं नेतृत्व आलिशान महलमा र विलाशीताको जीवन विताइ रहदा उनको दिनचर्या एउटा उखुु बारीमा बित्ने गरेको छ । व्यवसायमार्फत आत्मनिर्भर बन्ने प्रयास गरेका डम्बरको व्यवसायी जीवन पनि सफल्तामै वितिरहेको छ । विगत होस् या वर्तमान उनको जीवन संघर्षै संघर्षको भट्टीबाट स्पात भएर आएको छ ।

उहिले गितसंगितले जनतामा शितलता प्रदान गर्ने डम्बर, अहिले उखुुको जुुसले जनतामा शितलता दिदै आएका छन् । जीवनमा आइपरेका तिता, मिठा, दुुःख, सुख जे भएपनि बिगतलाई सम्झिएर पछुताएका छैनन् उनी, बरु विगतबाट पाठ सिकेर झन् मेहनतका खम्बा भएका छन् । अभावको थलो भनेर चिनिने ठाँउ रोल्पाको विकट पहाडी कुनामा जन्म थलो भएपनि दाङलाई कर्मथलो बनाएर उखुमा दाङलाई आत्मनिर्भर बनाउने सपना देखेका उनै पौरखी डम्बर बुढा मगरसंग कैलाश खबरले विशेष फोकश गरेको छ : सम्पादक

परिचय कसरी दिनु हुन्छ ?
अनेक प्रकारका परिचय छन् मानिसका । मेरो न्वारानमा राखिएको नाम डम्बर बुढामगर हो । लडाकु नाम विप्लव यति भने धेरै पुग्छ ।

रोल्पाको मान्छे दाङमा कसरी ?
हुरीसँग हिँडेको मानिस हुँ । हुरीकै साथ लाग्दा यहाँसम्म आइपुगियो । आजको मितिको कुरा गर्दा उखु व्यवसायमै छु । गेमी सालाभेना उखु फर्म घोराही १७ गैरागाउँ । अहिले उखुबारीकै नामबाट चिनिन्छ ।

दिनचर्या कसरी बितिरहेको छ ?
महामारीले लकडाउन छ । उखुबारीमै उखु काट्दा, सार्दा, टछार्दा, जुस पेलेर दिने काम मै वितिरहेको छ दिनचर्या ।

उखु व्यवसाय नै किन रोज्नु भयो ?
पहिलो कुरा मानिसहरु अनेक रोगको भकारी बनिसकेका छन् । कृतिम खाने, पिउने वस्तुका कारण मानिस कमजोर र छिद्र बन्दै गएको छ । मानिसमा अझै अल्छिपना थपियो । त्यसकारण म चाहन्थे कि मानिसहरु प्रकृतितीर फर्किउन जसले उनीहरुको स्वास्थ्यमा मात्रै हैन जीवनमा समेत परिवर्तन ल्याउन सकियोस् ।
दोस्रो कुरा यो पृथ्वीमा जीवन दिने मानिस छ त किसान नै हो । सो आफ्नो मात्र हैन अरुको जीवनको उर्वरा शक्ति पनि मजबुद होस् ।
तेस्रो कुरा सबैभन्दा भ्रम मानिसहरुमा के थियो भने माओवादीहरु अरुको लुटेर खान्छन्, काम गर्दैनन् भन्ने भ्रमले खाएको थियो । तर म वास्तविकतातर्फ उन्मुख गर्न चाहन्थे ।
चौठो कुरा नाम नै विप्लव । शान्ति प्रकृयामा आएपछि नाम अनुसारको केही गर्नुपर्छ जसले सृजना या नयाँ काम भनेर चिनाउन सकोस् ।
अन्तिम कुरा सबै जीवित प्रणीलाई बाच्नु पर्छ त्यै बाच्ने काइदाको लागि पनि यो उखु खेतीतीर लागेँ ।

ब्यावसायिक बन्न केले मदत गर्यो ?
सबैभन्दा पहिले शायद नेपालमै होला । उखुबारीमै जुस मेसिन राखेर जुस पार्क बनाउने मानिस म । यसो भन्दा यसको बजार फराकिलो भन्ने स्वभाविक नै छ । तर अहिले व्यपारीहरु धेरै छन् । लकडाउन थपिएको थपिएै गर्दा अलिकति संकटै छ । तर उखुबारीमै जुस खाने मानिसको घुईचोले म खुशी छु । सबै कुराको विचार गर्दा यहि व्यवसाय ठिक होला भनेर लागेँ ।

तपाईसंगै युद्धलढेकाहरु आलिशान महलमा विलाशिताको जीवन बिताई रहदा तपाई उखुवारीमा हुनुहुन्छ, के भन्नु हुन्छ ?
जो तपाइले विलासीतामा बाच्नेहरुसँगको कुरा गर्नु भयो । विलासी त राजाहरुनै थिए । अन्तिममा जनताका अगाडि अहिले के भोग्दै छन् ? त्यसैले नेता कार्यकर्ता किन विलासी हुनु पर्यो ? सिस्नु रोपेर तुल्सीको आश नगरौं । के कर्म ग¥र्यो भोली फल त्यस्तै मिल्ने छ । जनताले खाने गास पाएका छैनन्, नेता विलासी बन्ने हो भने जनताले धिक्कार्ने पक्कै छ ।

कति क्षेत्रफलमा उखु खेती गर्नु भएको छ ?
७० कटठामा गरेको छु ।

एक्लै हुनुहुन्छ कि अरु पनि ?
सहकार्य मै गरेका छौं । तीन जना मिलेर व्यवसाय संचालन गरेकाछौं ।

बजारको समस्या कति हुने गरेको छ ?
समस्या त बजारको पनि हो । सबै भन्दा समस्या प्राकृतिक प्रकोपको छ । किटाणु, मुसा, धमिरा अनि चोरी मुख्य समस्या हो । वेच्नको त खासै समस्या छैन । बारीबाटै जुस विक्रि भैरहेको छ ।

आत्मनिर्भर र देशको समृद्धिलाई कृषीसंग करसी जोड्न सकिएला ?
यता गफाडीहरुको कुराको पछि धेरै नजाँउ । जुन नेताले एउटा गोपी फलाउन सिकाउदैन, घुस खान सिकाउछ । तिनीहरुबाट केको कृषि क्रान्तिको कल्पना गर्ने ? यीनिहरुको गफले क्रान्तिको सम्भावना नै देख्दिन म । तर हाम्रो यो व्यवसाय आफै गर्न सकिन्छ (आत्मनिर्भर बन्न सकिन्छ) भन्ने आत्मविश्वास बढेको छ । मलाई लाग्छ यो कृषि क्रान्ति त नभनिहालौ आत्मनिर्भर अर्थतन्त्रको सिद्धान्तलाई टेवा भने पक्कै दिन सक्ला ।

जिन्दगीका कुनै पल युद्धमा विते अहिले उखुवारीमा, तपाईसंगैका साथीहरु सत्तामा छन् के भन्नु हुन्छ ?
कुर्सीसँग सपना साट्नेहरुलाई मेरो केही भन्नु छैन । म यति मात्र भन्छु कि सपनाको हत्या गर्ने जो सुकै होस् त्यो हत्यारा नै हो । त्यसकारण यो भन्दा बढी हत्यारा नबन्नुस् भन्ने सूझाव दिन्छु ।

घाइते, अपाङ्ग, व्यपत्ताहरुको बारे तपाईको अभिव्यक्ति के हुन्छ ?
घाइते अपाङ्ग जिउदा सहिद हुन । उनिहरुको सम्मान र जीविकाको न्यूनतम सेवा प्रदान गरियोस् । जसले देशको निम्ति जीवन आहुती दिए उनीहरुका परिवार अहिले मरौं कि बाचौंको स्थितिमा छन् । यीनिहरुले त्यो समस्या बुझ्लान भन्ने त लाग्दैन ।

कुराकानीका लागि कैलाश खबरको तर्फबाट धन्यवाद डम्बर जि ?
मेरो मेहनत र विचारलाई समेटिदिएकोमा कैलाश खबर परिवारलाई बिशेष धन्यबाद ।  

लामो समयको लकडाउनले सबै घरभित्रै छन् । सौभाग्य उनी एक मिनेट पनि बस्ने फुर्सद छैन । ब्यस्त देखिन्छन् । हुन त उखुबारीमा एक्लै भएर पनि होला । बिहान ५ बजे उठ्यो जन्डिस रोगीका लागि डाडी काट्यो, जुस पेल्यो दियो । घडीको सुइमा संगै उनको दिनचर्या चलिरहेको छ ।

सालाभेना उखु फर्मको एउटा विशेषता छ उखु काट्दा र पेल्दा साथीसँग च्याट गर्ने, फान गर्ने, भेटघाट गर्ने समय नै पुग्दैन । काम गर्दा गर्दै रातको १० बजीसकेको हुन्छ । रोल्पाको परिवर्तन गाँउपालिका–१ डम्बर बुुढा घोराही उपमहानगरपालिका–१७ मा अरु २ जनासंग मिलेर सामुुहिक उखुुखेती गरिरहेका छन् । उखुु रोपेकै स्थानबाटै बिक्रि हुुने गरेको छ उनको उखुु । कृषिक्षेत्रमा लाग्नेहरुले डम्वरबाट धेरै कुरा सिक्न सक्छन् । परिआए सांगितिक क्षेत्रमा रमाउने नत्र व्यवसाय गरेर पारिवारिक व्यवस्थापनमै रमाउने डम्वर कहिले काही फुर्सद मिल्यो भने साहित्य रचना र सांगितिक क्षेत्रमा नै समय वित्ने गरेको छ ।

Dambarउखुमा दाङलाई आत्मनिर्भर बनाउने उनको सोच
उखुमा दाङलाई आत्मनिर्भर बनाउने सपना छ उनको । जुन सपना पुरा गर्न परिश्रमी र पौरखी तिन जना युवा मिलेर सामुुहिक उखुुखेती थालेका छन् । यो खेतीले आत्मनिर्भर मात्रै बनाएको छैन, प्राकृतिको सुुन्दरताले पनि बारिमा साँच्चिकै नयाँ आयाम थपिदिएको छ । व्यवस्था परिवर्तनका लागि युुद्धमा होमिएका डम्बर बुुढा र जनक बुुढासंगै बैदेशिक रोजगारीबाट अनुुभव संगालेका धनबहादुुर श्रेष्ठले गरेको यो मेहनतले दाङलाई उखुमा आत्मनिर्भर बाउने पक्कै छ ।

२०५५ साल तिरको एउटा कलिलो केटा युद्धमा नेपाली सेनाले विभिन्न यातना पनि दियो । फुत्किएर केही दिन जंगलमै सुुते, युवा अवस्थाबाटै देशमा केहि गरेर देखाउनु छ भन्ने सोध बोकेका उनी विदेशमा हैन, स्वदेशमै जीवन यापनका लागि आत्मनिर्भर बन्नु पर्छ भन्ने मान्यतालाई अगालेका युवा हुन । हामीसंगको कुराकानीमा उनले अरुभन्दा उखुुखेती सजिलो हुुने बताए ।

४ महिनामा नै उत्पादन खान मिल्ने, तीन बिगाह जमिन भाडामा लिएर सामुुहिक उखुुखेती थालिएको बताउँदै उनले वार्षिक २ लाख ५० हजार जमिनको भाडा बुुझाउने गरेको जानकारी दिए । खेतीका लागि करिब १५ लाख लगानी पुुगिसकेको भन्दै अहिले सम्म कतैबाट अनुुदान नपाएको गुनासो सुनाए । । गेमी साला भेना उखुु फममार्फत परिचय बनाउन सफल डम्बरको होल टिमलाई कैलाश खबरको सादुवाद ! १९ जेठ २०७७

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda