भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा चितवन जिल्ला बन्द

शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा चितवन जिल्ला बन्द

काठमाण्डौ । शनिबार चितवन जिल्ला बन्द गरिएको छ । पोल्ट्री व्यवसायी शंकर कँडेल मृत भेटिएको घटना तत्काल छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गर्दै चितवन जिल्ला बन्दको घोषणा गरिएको हो । चितवनसँग जोडिएका क्षेत्र गैँडाकोट, लोथर, मुग्लिनलगायतका ठाउँमा गाडी रोकिएको र बन्दको प्रभाव पूर्व–पश्चिमको मुख्य राजमार्ग क्षेत्रमा नै परेको छ ।

पूर्व–पश्चिम आउने जाने गाडी र यात्रु बीच बाटोमै रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मंगलबार आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो । पुल्चोकमा बन्दकर्ताले अत्यावश्यक बाहेकका गाडी चल्न दिएका छैनन् ।

नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका ठाउँमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् । पश्चिमबाट आएका धेरै गाडी गैंडाकोटमा रोकिएका छन् । शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.