भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

डाटा एनालाइसिस युजिङ आर स्क्रिप्ट तीन दिने कार्यशाला गोष्ठी वागीश्वरी कलेजमा

डाटा एनालाइसिस युजिङ आर स्क्रिप्ट तीन दिने कार्यशाला गोष्ठी वागीश्वरी कलेजमा

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा ३ दिने कार्यशाला सुरु भएको छ । डाटा एनालाइसिस युजिङ आर स्क्रिप्ट कार्यगोष्ठीमा विभिन्न कलेजबाट सहभागीता रहेका ३३ जनाले भाग लिएका छन् । कार्यक्रममा माक्र्सको जन्मदिनको प्रसङ्ग जोड्दै बागमती प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाईले संसारलाई परिभाषित गर्ने मात्र नभई संसारलाई बदल्ने माक्र्सको विचारलाई विद्यार्थीहरुमा पनि जगाउनुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले अनुुसन्धानमूलक कार्यगोष्ठी तथा तालिमहरु आजको समयमा आवश्यक रहेको र यसले भावी योजनालाई मार्गनिर्देशन गर्न सजिलो हुने तर्क गरे ।

वागीश्वरी आरएमसीका संयोजक प्रा.डा.सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, आरएमसीका सल्लाहकार डा.बलराम दुवाल, उपप्राध्यापक विकल प्रजापति र विनोद प्रजापतिले पनि आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यशालामा सहप्राध्यापक डा. विजयलाल प्रधान र नवराज पौड्यालले प्रशिक्षण दिनुभएका हुन । बागमती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले कार्यशाला गोष्ठीको सुरुवात गरेका थिए भने कार्यशाला विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको हो ।

 

 


Thali Mobile Pvt.Ltd.