काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । आजको गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगले पुस २४ गतेसम्म पुस २१ गतेसम्म दरखास्त बुझाउन सकिने जनाएको छ ।
प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु १ हजार बुझाउनुपर्नेछ । एकै सेवा समूह उपसमूहको पदका लागि समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु ४ सय थप दस्तुर बुझाउनुपर्ने आयोगले जनाएको छ ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइनबाट दरखास्त दिन सकिने जनाइएको छ । परीक्षा मिति पछि प्रकाशित गरिने जनाइएको छ ।

