काठमाडौं । पछिल्लो शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे गृहमन्त्री बालकृष्ण खाँणले १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् ।
झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी वस्तुस्थितिबारे गृहमन्त्री खाँणले जानकारी लिएका हुन् ।
जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ताबारेमा जानकारी लिएको गृह स्रोतले बतायो ।
