भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

शान्ति सम्झौता विपरीत सर्वोच्चले हेरेको भन्दै प्रतिवाद गर्न माओवादी घटक दलको पत्रकार सम्मेलन हुदै

शान्ति सम्झौता विपरीत सर्वोच्चले हेरेको भन्दै प्रतिवाद गर्न माओवादी घटक दलको पत्रकार सम्मेलन हुदै

काठमाडौं । युद्धकालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट हेर्न थालेकोमा आपत्ति जनाउँदै माओवादी घटकले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू पत्रकार सम्मेलनमा उपस्थित रहने माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पत्रकार सम्मेलनमा सशस्त्र युद्धकालीन मुद्दालाई विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत सर्वोच्चले हेरेको भन्दै उनीहरुले प्रतिवाद गर्ने साथै चेतावनी दिने बताइएको छ । माओवादी केन्द्र र माओवादी घटक दलहरूले अलग अलग वक्तव्यमार्फत धारणा सार्वजनिक गरिरहेका छन् ।

सर्वोच्च अदालतले भने माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी पाउँ भन्दै परेको रिटलाई अग्राधिकार दिई १५ दिनभित्र अदालतमा उपस्थित हुन वा वारेसमार्फत जवाफ दिन कारण देखाऊ आदेश दिएको छ । २८ फागुनमा माओवादी घटकले आफ्नो धारणा सार्वजनिक गर्न लागेका छन् ।

 


Thali Mobile Pvt.Ltd.