भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बन्दकर्ताले पारे सडकमा बिहानैदेखि यातायात ठप्प

बन्दकर्ताले पारे सडकमा बिहानैदेखि यातायात ठप्प

खोटाङ । प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङको जनजीवन प्रभावित बनेको छ ।

फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो ।

पहिचानको आधारमा नामकरण गराउनका लागि दबाब सिर्जना गर्न गठित प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आह्वानमा जिल्लामा बन्द गरिएको जसपाका प्रदेश समिति सदस्य नेता नविन राईले बताए ।

यातायातका साधन ठप्प बनेको छ । संयुक्त बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीको सवारी साधन चल्न पाएका छैनन् । बन्दकर्ताले मोटरसाइकल समेत नियन्त्रणमा लिएर पार्किङ गराइरहेका छन् ।

सवारी साधन चल्न नदिन बन्दकर्ता बिहान साढे तीन बजेदेखि दिक्तेलको किरात चोकका सडकमा पुगेका थिए । बन्दकर्ता दिक्तेलको किरात चोक र अल्छेढुंगास्थित मध्य पहाडी लोकमार्गमा बसेर सवारी आवागमनमा रोक लगाइरहेका छन् ।

यातायात ठप्प हुँदा यात्रु भने मारमा परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.