भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

शिक्षकले तलबभत्ता नपाएपछि धनुषाका सबै विद्यालय बन्द

शिक्षकले तलबभत्ता नपाएपछि धनुषाका सबै विद्यालय बन्द

ढल्केबर। शिक्षकसँग आवद्ध विभिन्न संघ संस्थाहरुले धनुषाका सामुदायिक विद्यालय बन्द गराएका छन् । नगराइन नगरपालिकाका शिक्षकहरुले तलबभत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै सबै सामुदायिक विद्यालय बन्द गराएका हुन् ।

नगराइन नगरपालिकाका शिक्षकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शुक्रबार जिल्लाका सबै सामुदायिक विद्यालयको पठनपाठन बन्दको गरिएको नेपाल शिक्षक सङ्घ धनुषाका अध्यक्ष रामसिनेही यादवले बताए ।

नगराइन नगरपालिकाका शिक्षक विगत पाँच महिनादेखि तलबभत्ता नपाएपछि मङ्सिर १८ गतेदेखि आन्दोलनरत रहेको जानकारी दिए ।

लामो समयदेखि नगरपालिकाको कार्यालय अगाडि शिक्षकहरुले धर्ना दिएर आन्दोलन गरिरहे पनि हालसम्म स्थानीय तहले तलबभत्ता उपलब्ध गराउने कुनै ठोस पहल नगरेका हुदा दबाब दिने उद्देश्यले यस्तो गरिएको अध्यक्ष यादवले बताए ।

 


Thali Mobile Pvt.Ltd.