भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल रेडक्रसद्वारा राहत वितरण

नेपाल रेडक्रसद्वारा राहत वितरण

हुम्ला । वर्षाका कारण क्षतिग्रस्त हुम्लाका एक सय १३ घरधुरीलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ । गत असोज तेस्रो साता आएको अविरल वर्षाका कारण क्षति पुगेका एक सय १३ घरधुरीलाई राहत प्रदान गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका वरिष्ठ लेखा अधिकृत माया नान्यको टोलीले जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहबरमा राहत वितरण गरेको हो । वर्षाका कारण सिमकोट गाउँपालिकाका ५६, अदानचुली गाउँपालिकाका २५, खार्पुनाथ गाउँपालिकाका २८ र चङ्खेली गाउँपालिकामा ४ घरधुरीमा क्षति पुगेको थियो ।

क्षतिग्रस्त घरधुरीलाई रु १० हजारका दरले राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका सभापति गणेशबहादुर महतले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.