युनेस्कोको भनाइ अनुसार विश्वभर अहिले २९० मिलियन भन्दा बढि विद्यार्थीलाई कोरोना भाईरसले असर गरिरहेको तथ्य सार्वजनिक भएको छ । सम्पूर्ण शिक्षण संस्थाहरु प्राय बन्द छन् । सुनौलो भविष्य निर्माण कर्ता नवजात बालबालिकाहरु शिक्षण शिकाईको अवसरबाट वञ्चित छन् । वास्तवमा शिक्षा भनेको संकट निवारण चुर्ण हो ।
समस्याहरु, संकटहरु रोग तथा महामारी, विपत्ति, अशिक्षा, भोकमरी, गरिबी, दुख, पिर, व्याथा, वेदना आदि सबैबाट मुक्ति दिलाउने एक मात्र ‘रामबाण’ शिक्षा हो । शिक्षण संस्था बन्द हुन सक्छन् । त्यस्तै यातायात, उद्योग, कलकारखाना, व्यापार, बन्द हुन सक्छन् तर शिक्षण शिकाई प्रक्रिया रोकिनु हुदैन ।
जवसम्म अन्धकारलाई चिर्न दियो बालिदैन तब सम्म यो धर्तीका लाखौं बाटाहरु बन्दनै देखिन्छन् । तसर्थ महामारीको संकटमा अन्धकारमा लुकिरहने कि प्रकाश पुन्जको खोजीमा लाग्ने अहिलेको प्रमुख चुनौती हो । तसर्थ शिक्षण संस्था बन्द भए नि शिकाई तथा शिक्षणलाई कसरी निरन्तरता दिने ? यस सम्बन्धि छलफल गर्न खोजिएको छ ।
अहिलेको शिकाई सुन्यतालाई चिर्ने जमर्को गर्न ढिलो भैरहेको छ । समस्याका चाङहरुले थिचिरहेको, चुनौतीले पेलिरहेको बेला समस्या र चुनौतीबाट भाग्नु वा लुक्नु कायरता हो । अहिलेको परिस्थितिलाई कसरी आफ्नो अनुकूलतामा उपयोग गर्ने र सम्वृद्धिको बाटोमा हिड्ने भनेर धेरै देशका बौद्धिक व्यक्तित्वहरुले दिनरात नभनेर समाधानका उपायहरु खोजिरहेका छन् ।
जस्ले समस्या र चुनौतीलाई अवसरको रुपमा लिन्छ त्यो व्यक्ति महान हुन्छ र त्यो देश शक्तिशाली हुन्छ । तसर्थ अहिलेको लकडाउनको चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्दै शिक्षण सिकाईलाई निरन्तरता र अग्रगामी बनाउन कस्ले के के गर्ने सम्बन्धि बहसको थालनी गर्न खोजिएको छ ।
शिक्षकले के गर्ने ?
शिक्षक सम्पूर्ण समस्या र चुनौतीका तगाराहरु तथा जञ्जिरहरुबाट सबैलाई मुक्त गराउन सक्ने मुक्तिदाता हुन् । अशिक्षाको अन्धकारलाई शिक्षाको दिव्य ज्ञानले मानवलाई नयाँ मानव मानवता सिकाउने वर्ग नै शिक्षक हो ।
‘उतर नभएको प्रश्न हुदैन र समाधान नभएको समस्या’ हुदैन भनेझैं कुनै पनि समस्या, चुनौती, जोखिम्, दुख, पीडाबाट मुक्तिको बाटो देखाउने व्यक्ति नै शिक्षक भएकोले अहिलेको चुनौतीलाई पनि अवसरको रुपमा उपयोग किन नगर्ने ? लकडाउनले स्कुल, कलेज, उद्योग, व्यापार, यातायात सबै बन्द भए पनि शिकाईलाई निरन्तरता नदिएमा समाधानका जुक्ति निस्कदैनन् ।
समस्या र चुनौतीलाई अवसरको रुपमा लिन समग्र शिक्षक वर्गहरु तयार हुनु पर्छ । अहिले विभिन्न जुम्, टिभि, रेडियो, मोवाईलको माध्यमले शिकाई प्रक्रिया केही ठाउँ सन्चालन भैरहेका छन् भने कतै बहस र छलफल चलिरहेको छ । यो अवस्थामा जो जहाँ जस्तो रुपमा छ, तेहि अनुकूल सक्रिय हुनु पर्छ । नेट ईन्टरनेट भएको ठाउँमा भर्चुअल कक्षाको माध्यम हुन सक्छ भने दुर्गम ठाउँमा, रेडियो, टिभि र फोन प्रयोग हुन सक्छ ।
हिजो फोन बोक्ने विद्यार्थीलाई कारबाही गर्याै अब फोन किन्न प्रेरित गर्नु पर्ने भएको छ । शिक्षकले अभिभावकको फोन लिएर विद्यार्थीसग स्वास्थ्य शिक्षा, पढाइ लेखाइ, सरसफाइ, नैतिकता आदि शिक्षाको वारेमा छलफल गर्न सकिन्छ । फोनबाट, म्यासेजबाट पनि विद्यार्थीलाई काममा लगाउन सकिन्छ ।
हरेक बस्ती तथा टोलहरुमा शिक्षक अवस्य छन्, पढेलेखेका व्यक्ति छन्, कलेज र विश्वविद्यालयका विद्यार्थी छन् ती सबैलाई साना साना केटाकेटीलाई नैतिक शिक्षा, योग शिक्षा, कृषि शिक्षा, भाषा र शिष्टाचार शिक्षा सामाजिक दुरि कायम गरेर सञ्चालन गर्न सकिन्छ । हामी शिक्षक तलवी वा नाफामुखि कहिल्यै भयनौ र हुदैनौ पनि ।त्यसैले जो जहाँ छौ जसरि सक्छौ शिकाईलाई निरन्तरता दिनुपर्छ ।
प्रत्येक शिक्षकले घरमै बसेर भए पनि आफ्नो विषयमा आवश्यक पर्ने नयाँ तरिका, नयाँ विधि, शैक्षिक सामाग्रीको विकास गर्ने, आधुनिकरणका लागि अध्यायन, अनुसन्धान र अन्वेषण गर्न सक्छौं । आफ्नो विषय शैक्षिक उपलब्धिलाई कसरी बढाउने ? विषय बस्तुलाई कसरी व्यावहारिक बनाउने ? आफ्नो शिक्षण सीप, तरिका कसरी सुधारर्ने ? विषय वस्तुमा गहिरो अध्यायन गर्ने ?
विभिन्न विद्वानहरुले हाल सम्म गरेका नविनतम खोज के छन् ? केही सुधार गर्नुपर्ने पो छ कि ? अहिलेको लकडाउन धेरै लामो समय सम्म भएमा शिक्षण शिकाईका वैकल्पिक उपायको लागि आफुलाई योग्य कसरी बनाउने ? कस्तो शिक्षण सिकाई प्रक्रिया सम्भावना होला ? भर्चुअल शिक्षा दिने वा आईसिटिको उपयोग गर्न आफमा जुम, टिभि, रेडियोबाट पढाउन सक्ने सीप छ कि छैन ? कसरी तयारी गर्ने ?
आदिको उत्तर खोजेर प्रत्येकले आफुलाई योग्य, सक्षम, विवेकी, सूचनामैत्री, प्रविधिमैत्री शिक्षक बनाउन सक्नु पर्छ । अध्यायनशील तथा आत्मगौरब नभएको व्यक्ति शिक्षक हुनै सक्दैन । यो चुनौतीलाई सुनौलो अवसरको रुपमा रुपान्तरण गरौं । हरेक शिक्षकले आ–आफ्नो विषयमा घरमै बसेर जुम यपको लागि स्लाईड तयार गरौ, टिभिको लागि भिडियो तयार गरौं, रेडियोको लागि रेकर्डिङ गरौं, मोवाईलको लागि परियोजना कार्यहरुका म्यासेज तयारी गरौं ।
जति खेर जे आवश्यक पर्छ तयारी हुन सकौं । आ–आफ्नो विषयको पाठ्यक्रमलाई गहिरिएर अध्यायन गरौं, वार्षिक कार्ययोजना बनाऔं, विगतमा पुरा शैक्षिकसत्रमा पढाउने विषय अब २–४ महिना लकडाउन भए कसरी पूरा गर्ने ? उपायहरुको खोजी गरौं । कुनै एकाई गाभ्ने कि ? घटाउने कि ? हटाउने कि ? अरु नयाँ केही विधि छन् कि ? सबै विकल्पको विकास गरौं ।
विद्यालय र अभिभावक बीचको सम्बन्ध कसरी राम्रो बनाउने ? शिक्षालाई श्रम र सीपसंग कसरी जोड्न सकिन्छ ? उपायहरु खोजौं । पढाइ लेखाईलाई शिक्षण संस्थाको पर्खालबाट बाहिर कसरि निकाल्ने ? शिक्षालाई दैनिक जीवनसंग कसरी मिलाउने ? उत्पादन र शिक्षालाई कसरीसंगै लैजाने ?
आदिको अध्यायन र अनुसन्धान गरी कोरोनापछिको शिक्षामा नविनतम रुपान्तरण खोजौं । शिक्षाको उद्देश्य पूरा गर्न पाठ्यपुस्तकको मात्रै आधार लिने, विगतबाट बाहिर निस्किएर जीवन निर्वाह गर्ने, आत्मनिर्भर र स्वालम्बि भएर शिकाईको वातावरण बनाउनु पर्छ । हाम्रो जीवनमा अवसर त्यो अबरोधका मुनि लुकेको छ । हामीले त्यो अबरोधलाई पल्टाउदै किनार सम्म पु¥याउनु छ ।
विव्यसले के गर्ने ?
महामारीको यो अवस्थामा विद्यार्थीहरु घरमै छन् । डर त्रासमा छन्, अन्यौलले तड्पिरहेका छन् । पढाइ, लेखाइ भन्दा अन्य गतिविधिमा लागेका छन् । कुलत, विकृति, वदमासी जस्ता नकारात्मक बाटोमा हिड्ने सम्भावना छ । अभिभावक सबै निरासामा छन् । आफ्नो तथा आफ्ना सन्ततीको स्वास्थ्य तथा भविष्य अन्यौल भएकोले दुखि छन् ।
शिक्षक कर्मचारी आ– आफ्नो घरमै छन् । शिक्षण संस्थाहरु उजाड छन् । यो अवस्थामा जे जसरी हुन्छ शिक्षक, विद्यार्थी र अभिभावकसंग सम्पर्क जोडाई दिने काममा लाग्नु पर्छ । फोन नम्बर खाजेर शिक्षक विद्यार्थीबीच सम्वादको वातावरण बनाउनु पर्छ । पहिलो चरणमा एक वा दुई जना शिक्षकलाई एउटा कक्षाका विद्यार्थीलाई सम्भव हुने सन्चार माध्यमको प्रयोग गरेर काउन्सिलिङ गर्ने ।
पढाइ लेखाइ, स्वास्थ्य, सरसफाइ, अनुशासन आदिको वारेमा हप्ताको एक पटक सम्पर्क गर्ने व्यवस्था मिलाउने काम विद्यालय प्रसासन, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले गर्नु पर्छ । यदि यो अवस्था लम्बियो भने शिक्षण संस्थाको भौतिक सम्पत्तिको संरक्षण र उपयोग कसरी गर्ने ? योजना बनाउनु पर्छ ।
भर्चुअल शिक्षा वा आईसिटिको कुन माध्यमले आफ्नोे विद्यालयको शिकाई अगाडि बढाउन सम्भव छ ? के समस्या र चुनौती छन ? कसरी उक्त चुनौती को समाधान गर्ने भन्ने बारे लाग्नु पर्छ । विभिन्न टोल टोलमा शिकाई समूह बनाउने र जान्नेले कम्जोरलाई शिकाउने परिपाटी बसाल्ने कि ? अथवा कुनै नयाँ विधि, तरिका छन कि खोजेर परिस्थितिलाई सहज बनाउन लाग्नु पर्ने देखिन्छ ।
अभिभावकले के गर्ने ?
हरेक व्यक्तिको पहिलो पाठशाला भनेको घर हो । पहिलो गुरु आमा भनेका बाबूआमा हुन् । सबैलाई आफ्नो सन्तान राम्रो हुन्, असल हुन्, ज्ञानीहुन्, सुखि र सफल हुन भन्ने चाहन्छन् । तर कसरी बनाउने भन्ने चासो कम हुन्छ । सबै विद्यालयमा शिक्षकले पूरा गरीदिउन भन्ने चाहन्छन् । जो सम्भव हुदैन ।
आफु कुलतमा, विकृतिमा, नराम्रो गतिविधिमा लागिरहने तर सन्तान असल हुन भन्ने सोच्नु मुर्खता हो । त्यसैले हरेक अभिभावक आफुले पनि कुनै नकारात्मक काम नगर्ने र केटाकेटीलाई पनि नकारात्मक बाटोमा हिड्न नदिने गर्नु पर्छ ।
अनुशासन सिकाउने, नैतिकता सिकाउने, कृषि कामसंगै लगाउने, देशको भुगोल, ईतिहास सिकाउने, वर्तमान अवस्था सिकाउने, भान्सामा, सरसफाइका काममा लगाउने काम अभिभावकको हो । शिक्षकसंग सम्पर्क गराएर आफ्ना केटाकेटीलाई विभिन्न परियोजनाका काम दिन लगाउने । अन्य शिकाईको वातावरणलाई सहजिकरण गर्ने अहिलेको प्रतिकुल परिस्थितिलाई अनुकूलतामा बदल्न निरन्तर लागिरहने ।
स्थानीय सरकारले के गर्ने ?
नेपालको संविधानले माध्यमिक तह सम्म शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । आफ्नो क्षेत्र भित्रको शिक्षा, स्वास्थ्य, कृषि, पशु, वन जंगल, खानेपानी, यातायात बाटो घाटो लगायत सम्पूर्ण पक्षको जिम्मेवारी स्थानीय सरकारलाई छ । आफ्नो अधिकार के कसरी गर्ने ? कुन क्षेत्रलाई कुन प्राथमिकतामा राख्ने भन्ने कुरा सरकार सन्चालकको विवेक र क्षेमतामा निर्भर रहन्छ ।
‘शिक्षा सुधारे सकलो सुधार’ भनेझैं शिक्षालाई पहिलो प्राथमिकतामा राखेका निकायहरुले प्रगतीको बाटो भेटाउदै छन् भने अधिकांस निकायहरु अन्यौलमा हराईरहेका छन् । विद्यालय बन्द भएको यो अबस्थाबाट बाहिर कसरी निस्कने ? भन्ने सन्दर्भमा सबैभन्दा बढि चिन्तित स्थानीय निकाय हुनु पर्छ ।
प्रत्यक्ष पढाइ लेखाईको वातावरण नभएको अवस्थामा कसरी शिक्षण सिकाईलाई अगाडि बढाउने निस्चित योजना हुनुपर्छ । भर्चुअल कक्षाको लागि कम्प्युटर कति छन ? कहाँ कहाँ छन ? कति थप्नु पर्छ ? नेटवर्क छ कि छैन ? रेडियो, टिभिको अवस्था के छ ? फोनको अवस्था के छ ? शिकाईका चुनौती के छन ? चुनौतीसंग जुझ्न के कस्तो वैकल्पिक योजना आवस्यक पर्छन् ?
शिक्षक कर्मचारीको अवस्था के छ ? तालिम आवश्यक छ कि ? अनलाइन वा अफलाईन तालिमको लागि प्रशिक्षक छन् वा खोज्नु पर्ने छ ? कतिलाई कुन स्तरको तालिम दिने ? श्रोत साधन आफुसंग छ वा खोज्नु पर्ने हो ?
प्रदेश सरकारसंग के के र सघ सरकारसंग के के माग गर्ने आदि कुराको योजना स्थानीय सरकारले बनाउनु पर्छ । कैयौं स्थानीय तहले विद्यार्थीलाई रेडियो सेट उपलब्ध गराएर रेडियो शिक्षा सुरु गरेका छन् । अब जो जहाँ जस्तो रुपमा छन् सम्भव हुने तरिकाबाट शिकाईलाई निरन्तरता दिउँ । गर्दै र सिक्दै अगाडि बढौं ।
कोरोना पछि के गर्ने ?
“हट्ने हैन डटि लढ्ने नेपालीको वानि हुन्छ“ भन्ने सन्देशलाई आत्मसात गर्दै सबै व्यक्ति, संघ सस्था, सरकारले सामुहिकरुपले योजना बनाएर शिकाईलाई अगाडि बढाएमा चुनौतीलाई सजिलोसँग अवसरमा बदल्न सक्छौं । चुनौती, समस्या र जुनसुकै जोखिममा पनि समाधान निकाल्न सक्ने, फाईदा भन्दा सेवा दिने भावनाको विकास गरेर अगाडि बढ्नु पर्छ ।
यदि लकडाउन खुल्यो भने पनि एकै पटक सबै शिक्षण संस्थाहरु सन्चालन हुने सम्भावना देखिदैन । कोरोना पछि कसरी सहज वातावरण सृजना गर्ने सम्बन्धमा पनि सोच्नु पर्ने देखिन्छ । सामाजिक दुरीलाई हामीले सधैं लागू गरिरहनु पर्ने छ । हिजो विद्यालय भित्रको बसाइँ अब हुने छैन । प्रत्येक दिन विहानको सामुहिक पिटी र प्राथनाको काम छिट्टै हुने छैन ।
सबै कक्षाहरु एकै पटक, एउटै समयमा सन्चालन नहुन सक्छन् । प्रत्येक कक्षा प्रत्येक दिन नचल्न सक्छन् । कुनै कक्षा कुनै दिन र कुनै कक्षा कुनै दिन गरेर पालो पालो विद्यालय आउने र बाँकि दिन घरमै परियोजना कार्य गर्ने वा आयमुलक काम गर्ने पनि बनाउन सकिन्छ ।
पढ्दै कमाउदै गर्ने तथा शिक्षालाई उद्योग, कलकारखाना, फार्मसंग जोडर लाने पनि बनाउन सकिन्छ । हिजोको जस्तो चक डस्टर तथा कालो पाटी मात्रै प्रयोग गरि पर्खाल भित्र मात्रैको शिक्षण कार्य नहुन सक्छ । अनौठो परिस्थिति सृजना हुन सक्छ । हामी हरेक समस्या र चुनौतीलाई सुनौलो अवसरको रुपमा बदलेर शिक्षामा आमुल परिवर्तन गर्न सक्छौ ।
जे पि तिमिलसेना
चामुण्डा विन्द्रासैनि नगरपालिका २, दैलेख
भोलि कस्तो बनाउने ?
हामीले इतिहास पढ्दा विश्व युद्ध पहिले र पछिको के फरक छ ? भनेर पढ्छौं । युद्धले शक्तिशालीलाई कमजोर र कमजोर देशलाई शक्तिशाली पनि ब नाएको थियो । नयाँ शक्तिको उदय पनि भएको थियो । त्यस्तै कोराना पहिले र पछिको अवस्था हुने छ ।
कैयौं शक्तिशाली देश पछि पर्ने तथा कमजोर देश शक्तिशाली हुने सम्भावना रहन्छ । जस्ले दुःख, पीडा, समस्या र चुनौतीलाई अवसरको रुपमा बदल्ने साहस गर्छ । जोखिम उठाउने हिक्मत जसले गर्छ त्यो अवश्य नै अगाडि लम्किने छ ।
हाम्रो देशमा पनि हामीले यो चुनौतीलाई शैक्षिक सुधारको सुनौलो अवसरको रुपमा उपयोग गरेमा अहिलेको र कोरोेना पछिको शिक्षामा आमुल परिवर्तन देखिने छ ।
जस्लाई निम्नानुसार देखाउन सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपिभी भाइरसले समाचारमा विशेष स्थान बनाउँदै आइरहेको छ । अझ भारतीय सञ्चारमाध्यमहरुमा एकपछि अर्कोमा सङ्क्रमण पुष्टि हुँदै गइरहेको भन्ने समाचारले...
‘भ’ देवनागरी वर्णमालाको व्यञ्जन वणर्मध्ये चौबिसौं ओठ स्पर्शी सघोष महाप्राण ध्वनी हो । नामैले यो वर्ण प्राणघातक छ । ‘भ’ हटाउँदा देश दुनियाँकै कल्याण हुने देखिन्छ । ‘भ’ अक्षरबाट...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरु हामीले यो खबरदारी सभाको घोषणा गर्नेबित्तिकै सत्ता पक्षमा जुन आतंक देखापर्यो, सरकार आजै ढल्छ, भोलि नै ढल्छ तर हामीले त्यसो भनेका छैनौं । खबरदार तपाईहरुको...
कुनै समय थियो कानूनको शिक्षा भनेको पुरुषले मात्र लिनु पर्दछ भन्ने जस्तो । तर आज समय यसरी घुमिसकेको छ कि कानूनको शिक्षा छोरीले मात्र लिनु पर्ने हो कि भन्ने...