भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिक्तामा राखेर सिंजामा विकास निर्माण गरेका छौं: रोकाया

शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिक्तामा राखेर सिंजामा विकास निर्माण गरेका छौं: रोकाया

काठमाडाैं । कोरोना कहर, बाढी पहिरोमा देश भित्र के भइरहेको छ ? कैलाश खबरले अपडेट गरिरहेको छ । साथै यही कहरकाे बीचमा कसरी विकासे याेजना अघि बढिरहेका छन् ? जनताका समस्या र जनप्रतिनिधिका डाेजरबीचकाे विकास निर्माणकाे तादम्यतालाइ जनताले कसरी लिइरहेका छन् ?

अनि घाेषणा पत्रकाे कार्यान्वयन कसरी भएकाे छ ? याे कुरा खाेतल्दै जानेक्रममा आज सिंजा गाउँपालिका जुम्लाका कुरा गरिरहेका छाैं । सिंजा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रणबहादुर राेकायासंग विकास निर्माणका विषयमा कुराकानी गरेका छौं । उनी नेपाल मजदुर किसान पार्टीकाे तर्फबाट निर्वाचित वडाअध्यक्ष हुन् । पूँजीवादी व्यवस्थामा जनताका काम सहजढंगले गर्न अप्ठयारो भैरहेको भन्दै उनले संघर्षकैबीच जनताको काम गरिरहेको बताएका छन् ।

पार्टीको सिद्धान्त अनुरुप चुनावी घोषणापत्र अनुसार काम गरिरहेको भन्दै वडाध्यक्ष रणबहादुर रोकायाले घाेषणा पत्रका सबै कुरा गर्न चाहेपनि बहुमत जनप्रतिनिनधि नेपाली कांग्रेस र नेकपाका भएकाेले काम गर्न सहज नभएकाे बताए । समाजवादका निम्ति लडेकाे भन्ने पार्टीका जनप्रतिनिधिहरू नै जनताका काममा त्यति सहज नभएकाे दावी गरे ।

हेर्नुहोस भिडियो…

https://www.facebook.com/Kailashkhabarnews/videos/1117851111942150/

गरिब झन झन गरिब र धनी झन धनी बन्ने व्यवस्थामा जनताको पक्षमा संघर्ष गरिरहेको उनकाे भनाइ छ । एक नं. वडामा सवै पार्टीका प्रतिनिधि राखेर वास्तवीक जनताका योजना के हुन ? तिनीहरुलाई प्राथमिक्तामा राखेर विकासे योजना बनाएको राेकायाले बताए । सबै टोलमा बाटोघाटो पुगेको, प्रत्यक घरको पहुँचमा एम्वुलेन्स सेवा उपलब्ध भएको, शिक्षा र स्वास्थ्यलाई विशेषरुपमा ध्यान दिएर विकास निर्माण भइरहेको रोकायाले बताए ।

 


Thali Mobile Pvt.Ltd.