भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

२२ जना आरोही धौलागिरि शिखरमा पुगे

२२ जना आरोही धौलागिरि शिखरमा पुगे

काठमाण्डौ । आठ हजार एक सय ६७ मिटर अग्लो हिमाल धौलागिरि यस वर्षको पहिलो आरोहण भएको छ । सन् २०२२ को आरोहण धौलागिरि हिमाल सफलतापूर्वक आरोहण गरेर यस वर्षको आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । वसन्त ऋतुको मौसममा १८ वटा हिमाल आरोहणका लागि ६१ वटा समूहबाट पाँच सय पाँच जनाले अनुमति लिएको र सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि दुई सय चार जनाले अनुमति लिएको विभागले जनाएको छ ।
अहिलेसम्म १० जना आरोही र १२ जना आरोहण सहयोगी गरी २२ जना शिखरमा पुगेका विभागबाट खटाइएका सम्पर्क अधिकृत नगेन्द्र रोकाले जानकारी दिनुभयो । यस वर्ष धौलागिरि हिमाल आरोहणका लागि दुई समूहबाट २१ जनाले अनुमति लिएका छन् ।

हालसम्म १० जना आरोही र १२ जना आरोहण सहयोगी गरी २२ जना धौलागिरिको शिखरमा पुगेको र धौलागिरि हिमाल आरोहणका लागि दुई समूहबाट २१ जनाले अनुमति लिएको विभागले जनाएको छ । अनमुति लिएकामध्ये धेरैजसो आरोहीहरू हिमालका आधार शिविरतर्फ गइसकेका छन् । विभागले आरोहण रोयल्टी शुल्कबापत २९ करोड ७४ लाख ३४ हजार आठ सय एक रुपियाँ राजस्व सङ्कलन समेत गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.