संघीय राजधानी काठमाडौं र प्रादेशिक राजधानीहरुमा हैजाको जोखीम उच्च

संघीय राजधानी काठमाडौं र प्रादेशिक राजधानीहरुमा हैजाको जोखीम उच्च

भक्तपुर । कोराना महामारीको त्रास नहटदै पुनः देशको संघीय राजधानी काठमाडौ लगायत केही प्रादेशीक राजधानीहरुमा समेत हैजाको जोखिम देखा परेको छ । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि खतराको घण्टी बजेको हो । लगातार पातलो चौलानी पानीजस्तो दिसा हुने, पेट दुख्ने, कसै कसैलाई ज्वरो आउने, जल वियोजन हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिएमा हैजा हुनसक्ने चिकित्सकहरुले बताइरहेका छन् ।

हैजाको लक्ष्ण देखिएपछि अहिले राजधानी आस पासका जिल्लाहरुमा समेत सजकता अपनाउन थालिएको छ । सङ्क्रमण पानीमार्फत फैलिन नलिन चितवन जिल्लामा उच्च सर्तकता अपनाइएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले विशेष ध्यान दिएको उल्लेख गरिएको छ । भरतपुरका डुबान भएका क्षेत्रमा जमेको पानी पाइप फुटेका ठाउँबाट भित्र जान सक्ने भन्दै विशेष निगरानी गरिएको छ । यसै गरी भक्तपुरमा पनि हैजाको संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–४ दुवाकोटमा संक्रमित भेटिएको हो ।

दुवाकोटका संक्रमितको सरुवा रोग अस्पताल टेकु र हेटौंडाका संक्रमितको काठमाण्डौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । गर्मी र वर्षायाममा दुषित पानी र खानाका कारण झाडापखाला, हैजा जस्ता सरुवा रोगको संक्रमण देखा पर्छ ।

पछिल्लो समयमा उपत्यकाका बागबजार, कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार) बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार), किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् । उपत्यकाका धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने पानीका साथे जारको पानीमा समेत हैजाका जिवाणु ईकोलाई र कोलिफर्म भेटिएका छन । ईकोलाई मानिसको दिसामा हुने जीवाणु हो ।

 


Thali Mobile Pvt.Ltd.