भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

संविधान दिवसले लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाओस् : पूर्वअध्यक्ष रेग्मी

संविधान दिवसले लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाओस् : पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संवैधानिक विधि र विधानको पालना एवम् अनुसरण गर्दै लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । नवौँ संविधान दिवसका अवसरमा रासससँग कुराकानी गर्दै उनले संविधानको व्यावहारिक कार्यान्वयनलाई छिटो पूर्णता दिँदै लोकतन्त्रको प्रतिफल जनसमक्ष पुर्‍याउनु नै अहिलेको महत्त्वपूर्ण कार्यभार रहेको बताए ।

पूर्वअध्यक्ष रेग्मीले भने, “ढिलो गर्ने छुट कति पनि छैन । तसर्थ, समस्या देखाएर होइन समाधान दिएर परिणाममुखी काम गर्न सके मात्र संविधानको मर्म र भावनाअनुरुप अघि बढिएको ठहर्छ ।” जनअपेक्षाअनुरुप परिणाममा संविधानको उद्देश्य प्रतिबिम्बित हुने कार्य सबैलाई आग्रह गर्दै उनले संविधान दिवस मनाउनुको सार्थकता सिद्ध गर्न सुझाव दिए । ऐतिहासिक सङ्घर्ष र आन्दोलनबाट भत्किँदै तथा फेरिँदै वर्तमान लोकतान्त्रिक संविधानको प्राप्ति र कार्यान्वयनमा आएको घटना स्मरण गराउँदै पूर्वअध्यक्ष रेग्मीले भने, “हामी समीक्षा गरौँ आठ वर्षमा जनताको आकाङ्क्षा र संविधानको भावनाअनुसार कति काम गर्न सक्यौँ र कति अगाडि बढ्न सक्यौँ ?”

पूर्वप्रधानन्यायाधीश रेग्मीले भने, “संवैधानिक अभ्यासमा त्रुटिको कुरा राज्यका उच्च निकायलाई अदालतले पटक–पटक किन सम्झाउनु परिरहेछ रु लेखाजोखा गर्दै अघि बढ्नु आजको आवश्यकता हो ।”सामाजिक मर्यादा भङ्ग हुने र स्व(अनुशासन भत्काउन उद्यत प्रवृत्तिले लोकतन्त्र, न्यायपूर्ण समाज, सामाजिक सद्भाव सुदृढ होला रु भनी प्रश्न गर्दै उनले शान्ति द्वन्द्वकालीन मुद्दाको १७ वर्षसम्म समाधान नहुँदा समाजमा द्वन्द्व र सङ्घर्षलाई सम्झाउने काम गरिरहेको बताए ।

पूर्वअध्यक्ष रेग्मीले संविधान कार्यान्वयनका लागि बनाइनुपर्ने कतिपय कानुन अझ निर्माण हुन बाँकी रहेको तथा सङ्घीयताको कार्यान्वयनमा गर्नुपर्ने काम समेत प्रसस्तै बाँकी रहेको बारे सरोकारवाला पक्षको ध्यानाकर्षण गराए । उनले संविधान दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुखद भविष्यका लागि शुभकामना दिए ।

 


Thali Mobile Pvt.Ltd.