भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । राजकीय सम्मानका साथ संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि गरिएको छ । राजकीय सम्मानका साथ स्व. नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए । नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि स्व. नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाएका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए ।

नेम्वाङलाई प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, मन्त्रीहरु लगायतका नेता कार्याकर्ताहरुले अन्तिम श्रद्धाञ्जली दिए । उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले १७ तोपको सलामी अर्पण गरेको थियो । उनको पार्थिव शरीरलाई एक दिन नेकपा एमाले पार्टी कार्यालय च्यासल र एक दिन निजी निवास बालुवाटारमा राखिएको थियो । बिहीबार बिहान निजी निवासबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्बाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिएको थियो ।

नेम्वाङको गत मंगलबार निधन भएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै अचेत हुनुभएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.