काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट एमसिसी सम्झौता अनुमोदनका लागि सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधि सभा बैठकमा टेबल गरेका छन् । मन्त्री कार्कीले एमसिसी टेबल गरिरहँदा नेमकिपाका साँसद प्रेम सुवालले विरोध जनाए ।
साँसद सुवाले मात्रै होइन, सत्तागठबन्धनकै दल माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले पनि एमसीसी विरूद्ध नाराबाजी गरे । संसद बैठक सकिएपछि बाहिरिने क्रममा केहीले पक्षमा बोलेपनि बहुमतले एमसिसीको विपक्षमा प्रतिक्रिया दिए ।
नेकपा एमालेका नेता तथा साँसद डा. भिम रावलले एमसिसी संसदमा टेबल हुनु गैरकानुनी भएको प्रतिक्रिया दिए । उनले भने, ‘यो नेपालको स्वाधिन्ता माथिको बज्रपात हो । यो राष्टिघाति क्रियाकलाप र विदेशको अगाडि लम्पसार पर्ने गैरकानुनी र नेपाली जनताको आवाजलाई कुल्चने दुष्प्रयास हो ।
यसको नेपाली जनताले निन्दा गर्नुपर्छ । नेपाली जनताले यसको विरुद्ध आवाज उठाउनु पर्छ ।’ एकीकृत समाजवादीका नेता तथा सांसद झलनाथ खनालले एमसीसी टेबल भएको दिनलाई लज्जाको विषय भएको दिनको रुपमा लिए ।
उनले भने, ‘पार्टीको स्थायी समिति बैठकले नै एकमतका साथ यथास्थितिमा एमसीसी पास गरिनु हुदैन भनेको छ । कार्यदलको रिर्पोट पाटीले पास गरेको छ । समस्या आए बैठक बसेर मात्रै अगाडि बढ्ने भनेका छौं ।’
सञ्चारमन्त्री कार्कीले एमसिसी सम्झौता टेबल गर्दा खनालले संसदमा नै चर्को नाराबाजी गरेका थिए । एमसीसी सम्झौता संसदमा जबरजस्ती ढंगले ल्याइनु नै नेपाल ट्रयाप परेको खनालको तर्क छ । एकीकृत समाजवादीका तर्फबाट मन्त्री बनेकी सांसद रामकुमारी झाँक्रीले भने स्थायी कमिटी बैठकको निर्णयअनुसार नै एमसिसी संसदमा टेबल गर्न सहमति दिइएको बताइन् ।
यता नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले एमसिसीको विरोध गर्ने हो भने सुरूमा केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालका विरूद्ध नाराबाजी गर्नुपर्ने तर्क गरे । उनले भने, ‘आज संसद्को छलफलमा नाराबाजी गर्नेहरुले नै पुष्टी गरिसक्नु भयो ।
आज जसरी छलफल भयो त्यसरी नै पास उनेछ । यो प्रस्ताव राष्ट्रघाती भन्ने हो भने सबैभन्दा पहिला भीम रावल, केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाल मुर्दावाद भनेर नाराबाजी गर्नुपर्छ ।’
कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले एमसिसी संसदमा पेस भएसँगै सडकको बहस संसदमा पुगेको बताए । उनले सकारात्मक र अबसरकारुपमा लिएर मुलुकलाई जवाफ दिनु पर्ने बताए । उनले भने, ‘यो एउटा अबसर हो । छलफल अब संसद्मा पुगेको छ यो सकारात्मक कुरा हो ।
सडकको चर्चा र परिचर्चा संसद्मा पुगेपछि अब संसदले यसमा छलफल गरेर यथार्थ कुराको निष्कर्ष जनतालाई दिन जरुरी छ ।’ संसदीय प्रक्रियाअनुसार अब फागुन १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तावबारे छलफल सुरू हुने छ ।
तर यो समस्या गठबन्धनमा रहेका दलले षड्यन्त्र पूर्वक रचिएको नाटक भएको एमाले नेता तथा साँसद खगराज अधिकारीले बताए । उनले यो गैरसाँसदको बलमा गरिएको मालिकलाई रुझाउने कार्यको विरोध गर्नु पर्ने बताए । सार्वभौम देशमा अपराध गर्नेहरु सडकमा विरोध गरेजस्तो गर्ने र संसदबाट पास गर्ने पनि यिनिहरुनै भएका जिकिर गरे ।
उनले भने, ‘गैर साँसदले गैर कानुनि काम गरेका छन् । सत्ता गठबन्धन नीतिहिन, गति र गन्तब्यहीन भएर मालिक रिझाउन गरेका हुन । बास्तबमा नेपालको हित विपरित छ । सडकमा विरोध गरेजस्तो गर्ने र संसदमा पास गर्न पनि यिनै तम्सिएका छन् । यस्तो षड्यन्त्रको र यो अपराधको जनताले हिसाव किताव गर्ने छ ।’
संसद्मा एमसीसी टेबल भइरहदा सत्तापक्ष नै साँसद विरोधमा उत्रिनुले पनि एमसीसी नेपालको हित अनुकुल छैन भन्ने कुराको पुष्टी हुन्छ । प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको सदन भित्रै चर्को विरोध भयो । एमालेले संसद् अवरोध कायमै राखेका थिए ।
संसद बैठकमै नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवालले एमसीसी परियोजना संसद्बाट अघि बढाउनु दुखद भएको भन्दै आपत्ति जनाए । जनताको समर्थन नहुदै कुनै सहमति बिना अमेरिकाको दबाबमा एमसीसी सदनमा आएको र जनताले यसको विरोध गर्नु पर्ने धारणा राखे ।
उनले भने, ‘नेपाली जनताको समर्थन छैन, दलहरुको समर्थन नहुदै काँग्रेसले सम्झौता अगाडि बढायो, अघि हामीले संसदमा नारा लगाउँदा माओवादीकै साँसदले नारा लगाए । यसमा साँसदहरुकै समर्थन छैन । यो झूठ हो । यसको जनताले विरोध गर्नु पर्छ ।’
राजनीतिक सहमति नभई एमसीसीलाई संसदको कार्यसूचीमा राख्ने विषयमै विरोध गरेको उनले सहमति बिना एमसीसी अघि बढाउनु आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै भएको तर्क गरे । एमसीसीलाई फिर्ता पठाउनुपर्ने धारणा राखेका सुवालले जनताको नाराबाजी नसुन्ने शासक दलले भोली ठूलो मुल्य चुकाउनु पर्ने बताए ।
नेपालको सार्वभौमिक्तामाथि आँच पु¥याउने विषय खारेजी हुनको सट्टा उल्टै छलफल समेत नगरी संसदमा ल्याउनु र जनताले गरेको अवरोधकैबीच बलमिच्याइ गर्नुले अमेरिकी दादागीरीको व्यापक विरोध गर्नु पर्ने साँसद सुवाले प्रतिक्रिया दिए ।
एमसीसी टेबल हुँदै गर्दा संसद् भवनभित्र तनावपूर्ण बातावरणको सिर्जना भएको थियो भने संसद बाहिर नयाँ बानेश्वर सडकमा एमसीसी विरुद्ध चर्को नाराबाजी मात्रै भएन । रणमैदानमा परिणत भएको थियो । संसद भवन लगभग घेराउनै भएको अवस्था थियो ।
आन्दोलनले चर्को रुपलिएको थियो भने प्रहरीले लाठी प्रहार गरेको थियो । यौं प्रहरी आन्दोलनकारीको इट्टा प्रहारबाट घाइते भएका थिए भने आन्दोलन कारीपनि त्यतिकै संख्यामा घाइटे भएका थिए ।
उनीहरूले प्रहरीलाई ढुङ्गा हानेर निषेधाज्ञा लगाइएको क्षेत्र तोड्दै बानेश्वर चोकसम्म प्रदर्शन गरेका थिए भने प्रहरीले धकेला धकेल गर्दै त्यहाँबाट भगाएको थियो । सडकभरी इटैइटा र ढुंगाले भरीभराउ भएको थियो । यहिबीचमा सभामुख सापकोटाले अर्को संसद बैठक फागुन १२ गतेसम्मका लागिस्थगित गरेका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…
