भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

संसद विघटनका पाँच दूर्भाग्य, ककसकाे पालामा भयाे विघटन ?

संसद विघटनका पाँच दूर्भाग्य, ककसकाे पालामा भयाे विघटन ?

काठमाडौँ । ओली सरकारले संसद विघटनको निर्णय गरेपछि यतिबेला यसको चारैतीर चर्को विरोध भइरहेको छ । बहुमतको दम्भलाइ लत्याएर उनले यस्तो कदम चालेका हुन् । पार्टी र नेताहरूबाटै ‘कर्नर’मा परेपछि ओली विघटनको सिफारिस लिएर शितल निवास पुगे ।

संसद विघटनको घटना नेपालमा यो नै पहिलो होइन
आज सम्म आउँदा पाँच सरकारले संसद विघटन गरेको इतिहास छ ।

घटना नं.–१
नेपालमा पहिलो पटक २०१७ सालमा संसद विघटन भएको थियो । दुईतिहाई बुहमत प्राप्त गरेका तत्कालिन कांग्रेस सभापति विश्वेश्वर प्रसाद कोइरालाले संसद विघटन गरेका थिए । २०१७ पुस १ गते उनले संसद विघटन गरेका थिए । २०१५ को आम निर्वाचनमा कांग्रेसले १०९ सिट मध्ये ७५ सिटमा जितेको थियो । संसद विघटन प्रस्तावपछि उनी जेल गएका थिए । 

घटना नं.–२
नेपालमा दोस्रो पटक २०५१ सालमा संसद विघटन भएको थियो । २०४८ सालको आम निर्वाचनमा बुहमत ल्याएको कांग्रेसले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनाएको थियो । आन्तरिक विवादका कारण सरकारको नीति तथा कार्यक्रम संसद्बाट अस्वीकृत भएपछि प्रधानमन्त्री कोइरालाले संसद विघटन गरी २०५१ साल असार २६ गते मध्यावधी निर्वाचनको घोषणा गरेका थिए ।

घटना नं.–३
२०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद् विघटन गरेका थिए । अधिकारी तत्कालिन संसदको ठूलो दलका आधारमा अल्पमतको सरकारका प्रधानमन्त्री बनेका कारण कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि प्रधानमन्त्री अधिकारीले संसद् विघटन गरेका थिए । सो विगठन सर्वोच्च अदालतले २०५२ भदौ १२ मा संसद् विघटनलाई अवैधानिक भन्दै संसद् ब्युँताइदिएको थियो।

घटना नं.–४
२०५९ जेठ ८ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरेका थिए । २०५६ सालको आम निर्वाचनमा बहुमत ल्याएको नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री बनेका देउवाले माओवादी द्वन्द्वलाई लिएर जारी संकटकाल बढाउने गरि संसद् विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेका थिए ।

र घटना नं.– ५
२०७७ मंसिर ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका छन् । ओलीको कार्यशैलीमाथि व्यापक विरोध भएपछि आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो । २०७४ को आम निर्वाचनमा वामगठबन्धनले करिव दुई तिहाई मत ल्याए पनि अन्ततः नेकपाभित्रको विरोधको कारण ओली सरकारले संसद विघटन गरेको हो ।

सिफारिस…nirnay

 


Thali Mobile Pvt.Ltd.