भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संसद विघटन वा पुनस्थापना ? १३ रिटको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

संसद विघटन वा पुनस्थापना ? १३ रिटको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

काठमाडौं । संसद विघटनविरुद्ध परेका १३ रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै छ ।

पुस ५ गते प्रधानमन्त्रीको सिफासिरमा राष्ट्रपतिद्धारा संसद विघटन गरिएपछि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।

आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा समेत गरेकी राष्ट्रपतिले संविधानको व्यवस्थाविपरीत संसद विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध १३ वटा रिट दायर भएका छन् । रिट निवेदक र अधिवक्ताहरुले भने बृहत इजलासमा सुनुवाइ हुनुपर्ने माग राखेपछि आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

असंवैधानिक कदम भएको जिकीरसहित रिट दायर गर्नेहरुमा नेकपा प्रचण्ड–माधव समूहका नेता देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सन्तोष भण्डारी, कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, समृत खरेल, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कमल खत्री, मणिराम उपाध्यायलगायतले रिट दायर गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.