भर्खरै : Sorry, your browser does not support inline SVG.
डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, डब्ल्यूएचओले आफूहरुलाई आर्थिक क्षति पुर्‍याएको आरोप | कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब | अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा | काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने | ट्रक दुर्घटना हुँदा कालीकोटमा एक जनाको मृत्यु | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी | चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे | नेपालमा मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा सबै भन्दा कम प्रगति |

सङ्कटमा कालीगण्डकी सभ्यता

सङ्कटमा कालीगण्डकी सभ्यता image

गलेश्वर

‘माछापुच्छ्रे गिरी शिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधामकाली गङ्गा भनन कसरी कुद्दछ्यौँ सालिग्राम र ?’

राष्ट्रकवि माधवप्रसाद घिमिरेले कालीगण्डकीलाई सालिग्राम कसरी कुद्छ्यौँ रु भनि प्रश्न गरी लेखेको यो कविताङ्शमा नै कालीगण्डकीको महिमा झल्किएको छ । शालिग्राम कुद्ने विशिष्ट बरदान पाएको पवित्र नदी कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाउँमा मानवीय प्रहार हुन थालेपछि पवित्र नदी कालीगण्डकीको सभ्यता र अस्तित्व दुवै सङ्कटमा परेको छ ।

कालीगण्डकी केवल पानीले निकास खोज्दै उँधोतिर बगेको नदीमात्र होइन, यो त सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहर हो भन्ने कुरा विर्सदा कालीगण्डकीको सभ्यता सङ्कटमा पर्दैगएको सरोकारवालाको बुझाइ छ । राजा भरतले तपस्या गरेको पवित्रभूमि र भगवान् विष्णुका पाउले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्बन्ध रहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

विश्वकै एकमात्र शालिग्राम पाइने नदीका रुपमा यसको बेग्लै पहिचान बनेको छ । हिन्दूहरुको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि राम्रो हुने जनविश्वास अहिले पनि रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।कालीगण्डकीको महिमा यतिमै मात्र सीमित रहदैन । कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभएर पशु, पन्क्षी, किट, पतङ्गदेखि लिएर मानव जातीलाईसमेत सेवा पुर्‍याएको प्राकृतिक सेवक पनि भएको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो ।

“कालीगण्डकीको धार्मिक महत्व त अवर्णनीय छ नै, यसको जैविक, सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्व पनि कम छैन”, पण्डित पराजुलीले भन्नुभयो । कालीगण्डकीको मुक्तिनाथदेखि देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ । यसबाट हजारौँ हेक्टर भूमि सिञ्चित भएको छ । कालीलाई थुनेर ठाउँठाउँमा विद्युत् ऊर्जा निकालिएको छ । नेपालकै सबैभन्दा ठूलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा रहेको छ । पछिल्लो समय कालीगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण कालीगडकी चर्चामा छ ।

बुटवल, भैरहवा, रुपन्देही, कपिलवस्तुलगायतका क्षेत्रमा कालीगण्डकीको पानी पुर्‍याएर सिँचाइ, जलविद्युत् र अन्य प्रयोजनका लागि लाभान्वित गर्ने वृहत् उद्देश्यका साथ डिजाइन गरिएको राष्ट्रिय आयोजनाका रुपमा यसलाई लिइएको छ ।तर यो आयोजनाबाट गण्डकी प्रदेश भने नराम्ररी बिच्किएको छ । यसले मुस्ताङदेखि यादेवघाटसम्मको विशाल क्षेत्रफलमा गम्भीर असर पार्ने विश्लेषणका साथ गण्डकी प्रदेशका स्याङ्जा, पाल्पा र तनहूँका जनप्रतिनिधि आक्रोशित बनेका छन् । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले त कालीगण्डकी डाइभर्सन पूरा नहुने भन्दै कडा टिप्पणी गरी डाइभर्सनप्रति गम्भीर असहमति जनाउनुभएको थियो ।

डाइभर्सन आयोजनाले स्याङ्जाको राम्दीदेखि देवघाटसम्मको एक सय ३३ किलोमिटर अन्तर्गत चापाकोट नगरपालिका, रामपुर नगरपालिका हुँदै रम्भा, निस्दी, घिरिङ, बुलिङटार, बौदीकाली, देवघाट गाउँपालिका हजारौंँ परिवार प्रभावित हुने अनुमान गरिएकाले यस क्षेत्रका मानिस आयोजना अगाडि बढ्ने भयो भनेर थप आक्रोशित बनिरहेका छन् । यता गण्डकी प्रदेशका पर्वत, बागलुङ, म्याग्दी मुस्ताङ लगायतका जिल्लाका बासिन्दा चिन्ता भने बेग्लै छ ।कालीगण्डकीको दक्षिणी क्षेत्रमा लुम्बिनी प्रदेश लक्षित डाइभर्सनको विषयले कालीगण्डकीको मौलिक अस्तित्व नासिने खतरा बढेको टिप्पणी गर्न थालिएको छ । उत्तरी क्षेत्रमा भने यसको मौलिकस्वरुप नासिनुका साथै वातावरणीय अस्तित्वसमेत खतरामापर्ने चिन्ताले गाँजेको छ । कालीगण्डकीको किनारैकिनार हुँदै खनिएको कालीगण्डकी करिडोर, भू-क्षय, बाढीपहिरोआदिले कालीगण्डकी नदीको जलचक्र प्रणाली नै प्रभावित भएको वातावरणविद् सापकोटाले बताउनुभयो ।

त्यसैगरी कालीगण्डकीबाट अनियन्त्रित रुपमा निकालिने नदीजन्य पदार्थ र सहरी क्षेत्रको फोहरमैला विर्सजन गरिने चलनले पनि कालीगण्डकीले मौलिकस्वरुप गुमाउँदै गएको छ । हालै मात्र भारतको अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा राखिने भगवान श्रीराम र सीताको मूर्ति बनाउनका लागि कालीगण्डकीबाट शिला लगिनुले पनि यो नदी अहिले विश्वमा नै चर्चित बनेको छ ।गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, प्रतिनिधिसभा सदस्य एवम् पूर्वगृहमन्त्री नेपाली कांग्रेसका नेता विमलेन्द्रनिधि, गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज र जानकी मन्दिरका महन्तलगायतले शिलाको पूजापाठ गर्दै नदीको मौलिकस्वरुप नासिँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।

कालीगण्डकीको शिला भगवान विष्णुको अवतार भएको र रामको बाल अवतारको स्थापनाका लागि पवित्र कालीगण्डकीको शिला लैजान लागिएको अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले बताउनुभयो ।‘‘हामी अत्यन्तै खुसी हर्षित छौँ, नेपालको कालीगण्डकीबाट भगवान रामको मूर्ति बनाउने शिला उपहार पाएका छौँ, यसले अयोध्या, जानकी र समग्र कालीगण्डकी क्षेत्रको धार्मिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “यो नदीको मौलिक अस्तित्वलाई बचाइराख्न आवश्यक छ ।”

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • पूर्वीनाकाबाट कृषि वस्तुको निर्यात बढ्यो image

    पूर्वीनाकाबाट कृषि वस्तुको निर्यात बढ्यो

    झापा । काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१–८२ को त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि...

  • कांग्रेस–एमाले समीकरण चुनावका लागि मात्रै होइनः प्रकाशशरण महत image

    कांग्रेस–एमाले समीकरण चुनावका लागि मात्रै होइनः प्रकाशशरण महत

    नुवाकोट । वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् । नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन...

  • परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत image

    परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो । मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको...

  • चित्रलेखा यादव अस्ट्रेलिया राजदूतमा नियुक्त image

    चित्रलेखा यादव अस्ट्रेलिया राजदूतमा नियुक्त

    काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेका हुन्। संविधानको धारा २८२ को उपधारा (१) बमोजिम...


hotelghyampedanda